चितवनः जिल्ला कारागार कार्यालय चितवनमा रहेका ५९५ जना कैदी वन्दीहरु बिद्रोह गरेका छन् । उनीहरु बिद्रोह गरेर कारागार कार्यालयबाट निस्किएका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कारागार कार्यालयमा रहेका कैदी वन्दीहरुले बिद्रोह गरेर निस्किएका हुन । उहाँले भन्नुभयो “राती देखिनै कैदी वन्दीहरु वस्न खोजेका थिएनन् ।”कारागारको च्यानल गेट र पर्खाल तोडफोड गरेर उनीहरु निस्किएका हुन् ।
कारागारमा रहेका ६४० जना कैदी वन्दी मध्ये ५९५ जना कैदीवन्दी घर फर्कीएका छन् भने ४५ जना कारागारमानै रहेका छन् । अर्यालले सबै संयन्त्र स्थापना भएपछि पुनः उनीहरुको कैद भूक्तानी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !