चितवनः नेपाली काँग्रेस चितवनले ११२ औं वी. पी. जयन्तीको अबसरमा सप्ताहा व्यापी कार्यक्रम गरेर मनाउने भएको छ । सप्ताहा प्यापी कार्यक्रम आज देखि भदौं २८ गते सम्म बिभिन्न कार्यक्रम गरि मनाउन लागेको हो ।
नेपाली काँग्रेस चितवका सभापति राजेश्वर खनालका अनुसार आज नेपाल तरुणदलको अगुवाईमा सरसपाई कार्यक्रम, नेपाल लेखक संघको आयोजनामा कविता वाचन कार्यक्रम, भदौ २२ गते नेपाल बिद्यार्थी संघको अगुवाईमा जागरण अभियान बिशेष कार्यत्रम, चेपाङ समुदायको न्वागी पर्व बिशेष कार्यक्रम गरिने छ । यस्तै २३ गते नेपाल ट्रेड युनीयन काँग्रेसको अगुवाईमा आदर्श गृहका बालबालिकालाई भोजन, नेपाली काँग्रेस चितवनको आयोजनामा वीपी जयन्ती बिशेष, २४ गते शैक्षिक वहस कार्यक्रम, थारु म्हिलाहरुको जीतिया पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरिने भने साँझ चौविशकोठीमा दिप प्रज्वलन गरिने छ ।
२८ गते वीपी जयन्ती समापन समारोह नेपाली काँग्रेस चितवन काठमाडौं उपत्यका सम्पर्क समिति एबं चितवन काठमाडौं प्रजातान्त्रिक संगमको अगुवाईमा गरिने उहाँले जानकारी दिनुभयो । नेपाली काँग्रेसका संस्थापक नेता कोईरालाको जन्मजन्तीको अबसरमा बिभिन्न कार्यक्रमहरु गरेर मनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !