चितवन: नेपाली काँग्रेसका नेता कैलाश कोईरालाको कविता संग्रह ‘प्रेम शङ्कु’को बिमोचन गरिएको छ । नेपाली काँग्रेस चितवनका पूर्ब उपसभापति एबं नेपाली काँग्रेस बनागमती प्रदेशका सदस्य कोइरालाका आज नेपाली काँग्रेसका नेता डा. शसांक कोईरालाले पुस्तकको बिमोचन गर्नुभयो ।
कविता संग्रहको बिमोचन गर्दै उहाँले साहित्य र राजनीति एक अर्काका परिपुरक रहेको वताउनुभयो । उहाँले भन्नुभयो “साहित्य र राजनीति एक अर्काको परिपुरक हुने गरेका छन् ।” साहित्य क्षेत्रले राजनीतिलाई लयमा ल्याउने काम गर्ने उहाँको भनाई थियो । मायाँ प्रेम र राजनिती संग सम्बिन्धित रहेर लेखिएको कविता संग्रह ‘प्रेम शङ्कु’को बिमोचन गरीएको हो । लेखक कोईरालाले आफ्नो कविता संग्रहमा ५५ वटा कविताहरु रहेको बताउनुभयो । यस अघि उहाँका राजव्यूह र शास्त्र उपन्यास प्रकाशीत भई सकेका छन् । अहिले प्रकाशित कविता संग्रहमा १७२ पृष्ठ रहेको छ । राजनीतिक क्षेत्रमा क्रियाशिल कोईरालाले आफ्नो फुर्सदको समयलाई लेखन क्षेत्रमा लगाएको बताउनुभयो ।
कार्यत्रममा बोल्दै नेता कोइरालाले काँग्रेस कोईरालाले पार्टीको सभापति हुने इच्छा आफ्नो पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो “सभापति हुन को चाहाँदैन । म पनि चाहान्छु ।” उहाँले थप्नुभयो “सभापति तपाईहरुले वनाउने हो मैले मात्रै होईन । मलाई सोध्नुहुन्छ भने मेरो एउटा खाका छ ।” पार्टीलाई कसरी अगाडी लैजानु पर्छ भनेर आँफुले खाका वनाएको भन्दै उहाँले विपि कोईरालाले बनाउनु भएको बिधान अनुसार पार्टी सभापतिका लागि मात्र निर्वाचन हुनपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो “पाँच वर्ष पार्टी सभापतिले चलाउनु पर्छ । राम्रो संग चलायो भने पछि फेरी चलाउँछ । नभए हटाउने हो ।” अन्य पदमा पार्टी सभापतिले नियुक्त गर्नु पर्ने बताउनुभयो । पार्टीमा गुट वनेको भन्दै उहाँले सभापति भए पछि सबै सभापतिको मान्छे हुनु पर्ने बताउनुभयो ।
सो अबसरमा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागेश्वरी आध्यात्मीक परिषदका संरक्षक शैलेन्द्र पिया, बालकुमारी क्याम्पसका पूर्ब क्याम्पस प्रमुख चिरञ्जीवि श्रेष्ठ, साहित्यकार सृजन अबिरल, सूर्य अधिकारी लगाएतले कविता संग्रहका बारेमा बोल्नुभएको थियो । लेखक कोईराला नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य समेत रहनुभएको छ । बि. सं. २०३७ सालमा जन्मनु भएका लेखक कोईरालाका यस अघिका कृतिहरु राजव्यूहमा नेपालको राजनीति कसरी चलेको छ । राजनीति कसरी चलेको छ भन्ने बिषयलाई उतारीएको छ भने शास्त्रमा नेपालको समाज कहाँ जादै छ भन्ने बिषयमा लेखिएको छ । यसले समाजको चित्रण गरिएको उहाँले जानकारी दिनुभयो ।






