चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका वडा नम्व्।र ५ तुइनखोला नजिकै पहिरो खसि पूर्ण रुपमा अबरुद्ध भएको हो । बिहान ९ः २० वजे पुनः पहिरो खसि सडक अबरुद्ध भएको हो ।
बिहान ४ः२० वजे खसेको पहिरो पन्छाए संगै ८ वजे सडक खुलाईएको थियो । पहिरो पन्छाएर सवारी आवागमन खुले संगै पुनः पहिरो गएको हो । सोही स्थानमा बिहानको भन्दा ठूलो सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । पहिरो पन्छाउने कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।






