
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
सम्मेलन ३१ अगष्टदेखि १ सेप्टेम्बरसम्म बेइजिङमा आयोजना हुँदैछ । यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले उदघाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।
शांघाई सहयोग संगठन (एससीओ)मा १० देशहरु सदस्य छन् । क्षेत्रीय स्थीरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा यसको स्थापना भएको थियो ।