चितवन), २७ साउन
१४औं अन्तर्राष्ट्रिय हात्ती दिवस–२०२५ को अवसरमा मंगलबार चितवनको सौराहास्थित पर्यटन प्रवद्र्धन तथा हात्ती बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा सरकारी तथा निजी स्वामित्वका ६० वटा हात्तीलाई धान, चना, सख्खर, उखु, मेवा, स्याउ, केरा, गाजरलगायत २० भन्दा बढी परिकार बनभोजको रूपमा खुवाइयो ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले हात्ती बिना संरक्षणको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले हात्ती दिवसको अवसरमा मानिसले चाडपर्वमा मिठा परिकार खानेजस्तै हात्तीलाई पनि विभिन्न परिकार खुवाइएको उल्लेख गर्नुभया े। उहाँका अनुसार यस वर्षको नारा “म्याट्रिआर्क एन्ड मेमोरीज” (पोथी नेतृत्त्व र स्मृतिहरू) रहेको छ। पोथी हात्तीले नेतृत्व गर्ने र हात्तीहरूबीच स्मृतिहरू आदानप्रदान हुने भएकाले यो नारा सान्दर्भिक भएको उहाँले बताउनुभयो।








