चितवन, २५ साउनः खेलकुद सबै क्षेत्रका लागि आबश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । एसोसियसन अफ कन्सल्टीङ्ग इन्जिनीयर्स चितवनको आयोजनामा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले खेल क्षेत्रले यो वा त्यो बिधा भनेर नछुट्याउने गरेको बताउनुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले खेल क्षेत्रले सबै बिधाका व्याक्तिहरुलाई एकिकृत गरेर लैजान मद्धत पु¥याएको बताउनुभयो । खेल क्षेत्रको बिकासले मात्र राष्ट्रको गरिमा वढ्ने भन्दै उहाँले खेलले मानब स्वास्थ्यलाई समेत स्वस्थ राख्न टेवा पुग्ने बताउनुभयो । उहाँले खेल क्षेत्रको बिकासका लागि महानगरपालिकाले ठूलो लगानी गरेको बताउनुभयो । खेलको बिकासका लागि अन्तर्राष्ट्रिय रंगशाला निर्माण देखि बिद्यालय स्तरीय प्रतियोगिताहरु समेत गरिदैं आईएको उहाँले बताउनुभयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले खेल क्षेत्रको बिकासका लागि सहज बातावरण बनाउन स्थानीय सरकार लागि परेको बताउनुभयो । खेलले सबैको हित गर्ने उहाँको भनाई थियो । कन्सल्टीङ् इन्जिनीयर तथा बिभिन्न कार्यालयका इन्जीनियर तथा सव इन्जिनीयरहरुको शारिरिक कसरतका लागि आयोजना गरिएको मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा चितवन र नवलपरासीको गैंडाकोटका गरि १८ वटा टिमको सहभागिता रहेको छ ।
एसोसियसन अफ कन्सल्टीङ्ग इन्जिनीयर्स चितवनका अध्यक्ष ई.बिष्णु अधिकारीले राष्ट्र निर्माणमा समर्पीत इन्जिनीयरहरुको मैत्रीपूर्ण प्रतियोगिताले भाइचार बढाउन सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताले साथिहरुमा एकता वढाउने उहाँले बताउनुभयो । कार्यक्रमका संयोजक इ. खेम बिक्रम थापा काउछा, एसोशीयसनका सचिब ई.आकाश शर्मा लगाएतले बोल्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने समुहले ४५ किलोको खसी उपहार पाउने सो अबसरमा जानकारी दिईयो ।

प्रतिक्रिया दिनुहोस !