चितवनः जिल्लाका ४५ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संञ्चालन गर्ने संस्थाहरुलाई बन्द गर्न निर्देशन दिईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै शिक्षा बिकास तथा प्रबिधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयबाट अनुमति नपाएका यस्ता संस्था वन्द गर्न कार्यालयले प्रहरीलाई निर्देशन दिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सुचनामा आबश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरुलाई वन्द गरिएको हो । उहाँले भन्नुभयो “जिल्ला प्रहरी कार्यालयमा पत्र पठाई सकेका छौ । अव आबश्यक काम कारवाही प्रहरीले गर्छ ।” बिना अनुमति संञ्चालनमा आएका परामर्श केन्द्रहरुबाट ठगिएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले बिभिन्न चरणमा आबश्यक काजगपत्र पेस गर्न सूचना जारी गरेको थियो ।
उहाँका अनुसार पहिलो चरणमा २४१ वटा, दोस्रो चरणमा १६ वटा र तेस्रो चरणमा २१ वटाले कागजपत्र पेस गरेका छन् । ती वाहेक अन्यलाई वन्द गर्न निर्देशन दिईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कागज पत्र पेस भएकाहरुको पनि आबश्यक छानविन गर्ने क्रममा हामी छौ ।” आबश्यक छानविन पछि कुनै त्रुटि देखिए कारवाही हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पहिलो चरणमा ४५ वटालाई कारवाही गरेका छौ । अन्यको छानविन हुँदैछ ।”

प्रतिक्रिया दिनुहोस !