रत्ननगर, साउन १९ :
रत्ननगरमा सृजनशील सोचका साथ सामाजिक कार्यमा सक्रिय हुने उद्देश्यले ‘सृजनशील युवा समाज’ गठन गरिएको छ।

नवगठित समाजको अध्यक्षमा शंकर पौडेल चयन हुनुभएको छ। उपाध्यक्षमा गणेश पौडेल, सचिवमा रामचन्द्र आचार्य, सहसचिवमा कृष्णदेव गौतम र कोषाध्यक्षमा अशोक आचार्य निर्वाचित हुनुभएको छ।

सदस्यहरूमा शंकर क्षेत्री, राजेन्द्र थापा, अर्जुन कार्की, तुलसी गिरि, भूमिराज सुवेदी र देवी रमन तिवारी रहेका छन्।

यस्तै, दुर्गा क्षेत्रीको संयोजकत्वमा खगेन्द्र सुवेदी, अच्युत घिमिरे र तुलसी पौडेल सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ।

समाजका संरक्षकहरूमा तिलक पौडेल, गोपाल शर्मा आचार्य, गोमा रेग्मी र पूर्ण रिजाल रहनुभएको छ।

सृजनशील युवा समाजले शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक सचेतना सम्बन्धी क्षेत्रमा क्रियाशील हुने समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !