एजेन्सी । कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा भएको आक्रमणमा कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।आइतबार भएको विद्रोही आक्रमणमा परी ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीयवासीका अनुसार नगरको एक चर्चमा प्रार्थना गरिरहेका मानिसहरूलाई लक्षित गर्दै सशस्त्र समूहले आक्रमण गरेको हो । सोमबार बिहानसम्म घटनामा ३८ जनाको शव फेला परेको छ । अरुको मृत्यु भएको हुनसक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।
धेरैजसो मृतक युवा धार्मिक सेवामा आबद्ध व्यक्तिहरू हुन् । मन्दिरका प्रमुख पूजारीका अनुसार, कम्तीमा ६ जना गम्भीर घाइते छन् र केहीको अवस्था चिन्ताजनक छ ।




