चितवनः भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी दुबै वढाएको छ । पूँजीगत खर्च र राजश्व संकलन दुबै वढेको हो ।
महानगरपालिकाले रु १ अर्ब ३६ करोड ६८ लाख ६१ हजार राजश्व संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा रु ५ करोड ७६ लाख ९६ हजार बढी हो । महानगरपालिकाका राजश्व महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार लक्ष्यको ८३ प्रतिशत राजश्व संकलन भएको छ । कार्यालयले रु १ अर्ब ८० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिदाँ मालपोत कार्यालयबाट रु ७८ करोड राजश्व संकलन हुने अनुमान गरिएकोमा रु ५२ करोड मात्र संकलन भएको उहाँले जानकारी दिनुभयो । यस्तै ढुङ्गा गिट्टि, बालुवाको बातावरणीय प्रभाव मूल्याङ्कन ढिला हुँदा राजश्वमा केही कमी आएको हो ।
अर्यालले सम्पत्ती कर लक्ष्यभन्दा दोव्वर उठेको बताउनुभयो । रु ८ करोड ७८ लाख लक्ष्य रहेकोमा रु १५ करोड ८० लाख राजश्व संकलन भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले व्यवसाय बन्द भएका कारण ती क्षेत्रको राजश्व घटेको र घरहरु वन्ने क्रम घटेकाले नक्सा पास कम भएको बताउनुभयो । सिफारीस र दस्तुर शुल्क किन घट्यो खोजी भईरहेको उहाँले बताउनुभयो । सम्पत्ती करको दायरामा महानगरबासी आएकाले लक्ष्यको दोब्बर वढेको उहाँ बताउनुहुन्छ ।
यस्तै खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १२ प्रतिशत बढाउन सकीएको उहाँले बताउनुभयो । पूँजीगत खर्च रु १ अर्ब ६८ करोड १५ लाख २३ हजार भएको छ । यो लक्ष्यको ६१ दशमलब ७१ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा ५० दशमलब ४३ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो । त्यस वर्ष रु १ अर्ब ८६ करोड ७७ लाख ४७ हजार खर्च भएको थियो ।
पौडेलका अनुसार संघ र प्रदेशबाट प्रशासनीक भवन र रंगशालालाई प्राप्त वजेटलाई पूँजीगत खर्चमा समाबेश गरिएको छैन । यसलाई समेत समाबेश गर्दा ७० प्रतिशत प्रगति हुन आउने पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले आर्थिक वर्षको सुरुवाती देखिनै गरेको निरन्तरको मिहिनेतका कारण पूँजीगत खर्च बढेको हो । तर अझै हामी सन्तुष्ट छैनौ ।”
महानगरपालिकाका कार्यवहाक नगरप्रमुख चित्रसेन अधिकारीले समयमानै प्राबिधिकहरुलाई कार्यक्षेत्र बाँडफाँड गरी लागत अनुमान तयार गरेर पेश गर्न निर्देशन दिईएका कारण काम समयमा हुन सकेको बताउनुभयो । खरिद प्रकृया समयमा गर्ने, नगर प्रमुख, आँफु र प्रमुख प्रशासकीय अधिकृतले नियमीत अनुगमन र आबश्यक निर्देशन दिने लगाएतका कारण पूँजीगत खर्च बढाउन सकीएको बताउनुभयो । उहाँले भन्नुभयो “जे गरिएको छ । राम्रो भएको छ । अझै पुगेको छैन ।” मालपोतको रजिस्टेसनमा कमी आएको, नदी जन्य पदार्थको समयमा बोलकबोलको काम गर्न नसकेको र घरबाहाल कर लक्ष्य अनुसार उठाउन नसकेका कारण राजश्व वढेर पनि लक्ष्यमा पु¥याउन नसकेको बताउनुभयो । आर्थिक मन्दीका कारण पनि राजश्वमा कमी आएको हो ।

प्रतिक्रिया दिनुहोस !