चितवनः नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिबेशन बि. सं. २०८३ सालको मंसिर भित्र हुनु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले महाधिबेशन समयमानै गर्नका लागि पदाधिकारीहरुबाट देखिनु पर्ने तदारुकता अझै नदेखिएको बताउनुभयो । जसका कारणले महाधिबेशन सर्न सक्छकी भन्ने चिन्ता सबैमा देखिएको उहाँको भनाई छ ।

अहिले महामन्त्री गगन कुमार थापा र आँफु एकै ठाउँमा रहेको बताउँदै उहाँले महाधिबेशनमा पार्टी सभापति सहित सबैलाई एक वनाएर लैजान सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “मलाई पार्टी सभापति लगाएत सबैलाई एकै ठाउँ वनाएर लिएर जान सक्छु भन्ने छ । कोसीस छ । मलाई चिन्ता केही छैन । सबैलाई लिएर हिड्ने हो ।” महाधिबेशनको समयमा को कहाँ हुन्छ भन्ने कुरा भन्न नसकिने भन्दै उहाँले महामन्त्री गगन कुमार थापा आज सम्म संगै रहेको बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले संसदको गतिरोध अन्त्य गर्नका लागि सरकार र प्रतिपक्षि दलहरु वसेर छलफल गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “बिपक्षीहरुलाई पनि साथ लिएर समझदारीमा अगाडी वढ्नु पर्छ । माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रपालाई पनि साथ लिनु पर्छ ।” रास्वपा र राप्रपाले गृहमन्त्रीको राजिनामा भन्दा पनि पूर्ब प्रधानन्यायधिशको नेतृत्वमा कमिटी वनोस् भन्ने चाहेको आफ्नो बुझाई रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !