चितवनः पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक खण्डमाम रातीमा सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातीको समयमा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो ।

नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडक खण्डको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो । बीम राख्नका लागि भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको हो । ती दिनमा राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन (अत्यावश्यक सवारी बाहेक) बन्द हुने उहाँले जानकारी दिनुभयो ।

मलेखुतर्फबाट मुग्लिन तर्फ जाने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिनेछ । यसैगरी मलेखुतर्फबाट मुग्लिन तर्फ जाने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछ । रोकिएका सवारी साधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने आयोजना प्रमुख नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !