
चितवनः जिल्लामा गत पाँच महिनामा ५२ जना नयाँ एचआईभि एड्स संक्रमित थपिएका छन् । थपिएका मध्ये २३ जना स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन ।
भरतपुर अस्पतालमा रहेको एआटी सेन्टरमा दर्ता भएका संक्रमितमा उनीहरु नयाँ थपिएका हुन । भरतपुर अस्पतालबा बरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस सेन्टरमा सन् २०२५ को पाँच महिनामा ती बिरामी थपिएका हुन । अस्पतालमा आएर परिक्षण गरेका र समुदाय स्तरमा परिक्षण गरिएका २३ जना हुन । अहिले यस सेन्टरमा नियमीत औषधि खानेको संख्या १ हजार १८८ जना रहेको छ ।
उहाँले भन्नुभयो “यहाँ औषधि सेवन गर्नेमध्ये जिल्लाको माडीको बघौडा अस्पताल र मध्यविन्दु अस्पताल डण्डामा केही स्थानान्तरण भएर गएका छन् ।” ती दुई केन्द्रमा ५५ जना बिरामी स्थानानतरण भई औषधि लिदैं आएका छन् । ती केन्द्रमा सेवा लिनका लागि कठिन भयो भनेर पुनः भरतपुर अस्पतालको एआरटी क्लिनिकमा आउने पाँच जना रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यहाँबाट नियमित औषधि सेवन गर्ने बिरामी मध्ये ५८२ जना पुरुष, ५५८ जना महिला रहेका छन् । यस्तै ३० जना बालबालिका र १८ जना तेस्रो लिङ्गी रहेको उहाँले जानकारी दिनुभयो ।
नियमित औषधि सेवन गर्ने बिरामीहरुलाई अस्पतालले अन्य सेवाहरु समेत दिने गरेको छ । उहाँका अनुसार अस्पतालमा अएका संक्रमित बिरामीका कुरुवाहरुलाई खाना खाजाको व्यवस्था, उपचारमा सहयोग, आबश्यकता अनुसार एम्बुलेन्समा सहयोग, असाहायहरुको लागि खाध्यन्न सहयोग गर्दै आएको छ । एएचएफ नेपालको सहयोगमा बिरामीलाई सहयोग गरिएको हो । भाइरल लोडका लागि आबश्यक किट प्रदेश जनस्वास्थ्य कार्यालयमा नयाँ मेसीनको प्रमाणीकरण गर्ने क्रममा रहेको र एस अघि जेनस्पट मेसीनबाट भाइरललोड टेष्ट भईरहेको र हाल उक्त सेवा केन्द्रीय प्रयोगशाला टेकुबाट नियमित परिक्षण भईरहेकोले उपचारमा समस्या नभ्एको फिजिसियन डा. सापकोटाले बताउनुभयो ।