चितवनः राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाब र अख्तियारको चासोका कारण भन्दै ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ । जसमा चार जना चिकित्सक, एक जना इन्जिनियर लगाएत रहेका छन् ।
नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्स लगाएतका चालकहरु समेत हटाउनु परेकामा रहेका छन् । नगरपालिकाले सूचना जारी गर्दै जेठ २६ गते सोमबार अर्थात आजदेखि लागू हुने गरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको छ । नगरपालिकाका पशुपंछी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीद्धारा जारी सूचनामा आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएकोले बाध्य भएर कर्मचारी हटाउनुपरेको उल्लेख छ ।
ज्यालादारी कर्मचारी हटाउने निर्णय नगरपालिकाको १४औँ नगरसभाबाट गठित सहजीकरण समितिले गरेको हो । समितिले जेठ १९ गते निर्णय गर्दै हटाउने प्रक्रिया अघि बढाएको हो । प्रमुख लामाले ज्यालादारी कर्मचारीलाई करारमा लैजान कार्यपालिकाबाट ओएनएम गरेको भए पनि परिषद हुन नसक्दा निर्णय गर्न नसकीएको बताउनुभयो । गत आर्थिक वर्ष देखि अहिले सम्म परिषद हुन सकेको छैन । उनीहरुको चैत सम्म म्याद रहेकोमा थप निर्णय गर्न नसक्दा समसया परेका उहाँले बताउनुभयो ।
नगरपालिकाको सो निर्णयसँगै नगरका स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालयहरू र कृषी तथा पशु सेवा केन्द्रको सेवा प्रभावित हुने देखिएको छ । नगरपालिकाले दैनिक मृगौला, मुटु र क्यान्सरका बिरामीलाई अस्पताल लैजाने गरेकोमा सो कार्य समेत प्रभावित भएको लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !