चितवनः व्यवसायीक किट बिकास फर्म भण्डाराले तीन लाख वढी किम्बुका बेर्ना बिक्रिका लागि तयार गरेको छ । फर्मले आफ्नै १ दशमलब ५ हेक्टर क्षेत्रफलमा ती वेर्ना तयार गरेको हो ।

फर्मका प्रमुख सुरुची त्रिपाठीका अनुसार अहिले ३ लाख वढी बिरुवा बिक्रिका लागि नर्सरीमा तयारी अबस्थामा रहेका छन् । जस मध्ये २० हजार बिरुवाको खरिदका लागि किसानले आवेदन दिईसकेका छन् । गत वर्ष कार्यालयले ३ लाख ५० हजार बिरुवा उत्पादन गरेर २ लाख ५० हजार बिक्रि गरेको थियो । किम्बुको बिरुवा सार्नका लागि अवको समय उत्तम भएकाले किसानहरुले बिरुवाको माग लिएर आउन थालेको उहाँले बताउनुभयो । फर्मले बिरुवाको प्रतिगोटा रु ५ मा बिक्रि गर्दै आएको छ ।

रेशम खेती गर्ने किसानहरु बिस्थापित भए संगै यहाँको बिरुवा डाले घाँसको रुपमा बिक्रि गरिदैं आएको छ । उहाँले भन्नुभयो “रेशम खेती गर्ने किसान बिस्तापित भएपछि अहिले घाँसेबालीका रुपमा यसलाई बिक्रि गरिरहेका छौ ।” बिरुवा बिक्रिका लागि पालिकाहरुसँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पहिला मधेश प्रदेशका किसानहरु बिरुवा लिन आउने गरेका थिए । अहिले ती किसान बिरुवा लिन आउन छाडेका छन् । सो प्रदेशमा स्थानीय रुपमा नर्सरीहरुले बिरुवा उत्पादन गर्न थालेकाले र यसलाई किसान आँफैले कलमी मार्फत बिरुवा तयार गर्न थालेकाले त्यस क्षेत्रका किसान कम आएको उहाँले बताउनुभयो । फर्ममा कान्भा २ जातको किम्बुका बिरुवा बिक्रिका लागि तयारी भएका हुन । फर्मले अहिले नमुना बगैंचामा ३८ जातका किम्बुको बिरुवा संरक्षण गरिरहेको छ । मातृ संरक्षण अन्तर्गत बिभिन्न जातका बिरुवाहरु लगाएर संरक्षण गरिरहेको छ ।

यहाँ उत्पादीत किम्बुका बिरुवा चितवन सहित मकवानपुर, सिन्धुली, गोरखा, काठमाडौं, नवलपरासी, बागलुङ्, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक लगाएतका जिल्लामा बिक्रि गरिने गरिएको छ । अहिले जिल्लामा रेशम खेती गर्ने किसान छैनन् ।

प्रतिक्रिया दिनुहोस !