चितवनः आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिबृद्धि करदाता मध्ये २ हजार ३७३ जना करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजश्व बिभागले विगत ६ महिना लगातार मूल्य अभिबृद्धि कर बिबरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो ।
कार्यालयका सूचना अधिकारी बिमल पौडेलका अनुसार यस कार्यलयमा रहेका २ हजार ४ सय मूल्य अभिबृद्धि करदाताले बिबरण बुझाएका थिएन्न् । उनीहरु मध्ये बिभागले बि. सं. २०८२ साल वैशाख ११ गते सार्बजनिक गरेको सूचना पछि २७ जनाले बिबरण बुझाएका थिए । बिबरण नबुझाएकालाई निलम्बन गरे संगै ती संस्थाको कारोवार रोक्का गरिएको छ भने खरिद बिक्रि नगर्न उपभोक्तालाई जानकारी गराईएको छ ।
बिभागले मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा १७ को उपदफा ८ मा लगातार ६ महिना सम्म कर विवरण पेश नगर्ने करदताको नाम सार्वजनिक गरिएको हो । यस्ता करदाताहरुरुको करकट्टी रोक्का राखी मूल्य अभिबृद्धिकर दर्ता निलम्बन गरिएको उहाँले जानकारी दिनुभयो । निलम्बीत करदाताले आफ्नो कारोवार सूचारु राख्नुपरेमा बाँकी सबै कर बिबरण पेश गर्नुपर्छ ।
जिल्लामा १० हजार बढी मूल्य अभिबृद्धि करदाता रहेका छन् । मूल्य अभिबृद्धि करदता सहित जिल्लामा ७२ हजार बढी करदाता रहेका छन् । करदातालाई करको बिबरण पेश गर्नुपर्छ भन्ने ज्ञान भएपनि उनीहरुले वेवास्ता गर्दा बिभागको निलम्बन कारवाही भोग्नु परेको हो । उहाँले भन्नुभयो “करदाताले नबुझेर होईन । कतिपएको कारोवार नभएर पनि होला तर ज्ञान नभएको भन्ने होइन ।” कारोवार नभएपनि राज्यलाई बिबरण बुझाउनु पर्छ भन्ने शिक्षा करदातालाई पु¥याउनु पर्ने समय आएको उहाँले बताउनुभयो । बिभागले देशभरका ९५ हजार ३४९ जना करदाताको नामावली सार्बजनिक गर्दै निलम्बन गरेको हो ।

प्रतिक्रिया दिनुहोस !