चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले दशवटा पर्यटक गाडीलाई स्कटिङ् गरेर गन्तव्य तर्फ पठाएको छ । यातायात व्यावसयाीहरुले गरेको वन्दका कारण गन्तव्यमा जान नपाएका ती पर्यटक बसहरुलाई स्कटिङ् गरेर पठाईएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार सौराहाबाट काठमाडौंका लागि ७ वटा र सौराहाबाट पोखराका लागि ३ वटा पर्यटक वस स्कटीङ् गरेर जिल्लाको नाका सम्म पु¥याईएको छ । पोखरा जाने बसलाई मुग्लिन सम्म र काठमाडौं जानेलाई मौवा खोला सम्म स्कटिङ् गरेर पठाईएको उहाँले बताउनुभयो । प्रहरीको मोटरसाईकल मार्फत स्कटिङ् गरेर बसलाई जिल्लाको नाका पार गराईएको हो । उहाँका अनुसार प्र.३–००१ प १६२३, बा. १ प ९७४, बा. १ प ६८९, बा. १ प १३९१, बा.प्र.०१–००१ प १७०३, बा. १ प १३९९, बा. १ प १०७, ग. १ प २८७, ग. १ प १९१ र बा.१ प १०७० नम्बरका पर्यटकवसलाई स्कटिङ् गरेर पठाईएको हो ।






