चितवनः बिश्व भर संजाल रहेको रोटरी इंटरनेशनल अन्तर्गतको रोटरी क्लब अफ रत्ननगरले आफ़नो २५ औ जन्मदिन भव्यताका साथ मनाएको छ । सन २००० को मे ३१ को दिन राजेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ३० जना समाजसेवीको उपस्थितीमा स्थापना भएको रोटरी क्लब अफ रत्ननगर हाल ८३ जनाको ठुलो परिवार सहित समाज सेवामा समर्पित छ ।
क्लबले रत्ननगर उद्योग वाणिज्य संघको भवनमा सुविधा सम्पन्न पुस्तकालयको स्थापना, लटौलीमा बिद्यालय भवन निर्माण, टिकौलीमा सार्वजनिक सौचालय, सौराहामा रोटरी क्लक टावर, रत्ननगर बजारमा प्रतीक्षालय निर्माण, नेपाल मा वि मा कंप्यूटर ल्याब (पुस्तकालय) को स्थापना, चितवन र गैड़ाकोटमा रहेका क्लब , स्थानिय निकाय र जनसमुदाय संग मिलेर सौराहामा मुसहर बस्ती निर्माण गरी सकेको छ भने भरतपुर अस्पताल परिसरमा स्पाइनल इंजुरी रिहाब सेंटर निर्माण गर्दैछ भने यसै आवमा संपन्न गर्ने गरी चितवनबाट करीब ८५० किलोमीटर टाढा बाजुराको गौमूल गाउपालिकामा करीब ६५ लाख लागतमा र लमजुंगको सोतीपसलमा ७४ लाख लागतमा खानेपानी परियोजना संपन्न गर्दई छ । यी दुई ठुला परियोजना संपन्न गर्नका लागी रोटरी क्लब अफ होनोलुलु सनसेट अमेरिकाले सहयोग गरेको छ जसको समन्वय अमेरिका निवासी अर्जुन अर्याल र रोटरी क्लब अफ चितवनका सदस्य इंजीनियर गुणेश्वर महतोले गरेका छन ।
क्लबले हरेक वर्ष रक्तदान, स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, न्यानो कपडा वितरण, बिद्यालय पोशाक वितरण, छात्रब्रीती वितरण जस्ता कार्यक्रम गरिरहेको छ । क्लबका अध्यक्ष रोटेरियन बिरंजना घिमिरेको अध्यक्षतामा भयको कार्यक्रमको प्रमुख अथिति रोटरी इंटरनेशनल ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर रोटरीयन राजेन्द्र मान शेरचन हुनुन्थ्यो । सो अवसरमा डिस्ट्रिक्ट गवर्नर काउन्सिलका सदस्यहरू, मातृ क्लब तथा अन्य छिमेकी रोटरी क्लबका सदस्यहरू, क्लबका संस्थापक सदस्यहरू र पत्रकारहरूको उपस्थिति रहेको सो कार्यक्रममा संस्थापक सदस्यहरूलाई सम्मान गरियेको थियो । कार्यक्रम क्लबका पूर्व अध्यक्ष जनक पौडेलले संचालन गरेका थिए भने क्लबको इतिहास संस्थापक सचिब रोटेरियन बिष्णु प्रसाद शर्माले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !