चितवन, १८ जेठ :
सुरक्षा उपकरण उत्पादनमा लोकप्रिय चिनियाँ कम्पनी हिकभिजन तथा इजभिजले उत्पादन गरेको सिसि क्यामराको प्रविधिको विषयमा चितवनमा ज्ञान आदान प्रदान गरिएको छ । हिकभिजन÷इजभिजले आफ्ना बिक्रेता तथा प्राविधिकबिच शनिबार भरतपुरमा ज्ञान आदानप्रदान गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले सिसि क्यामेराले उद्योगी तथा आम नागरिकको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभएको छ । उद्योग वाणिज्य संघ चितवनले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनसँगै पछिल्लो समयमा सूचना प्रविधिको प्रवद्धनमा समेत लागेको बताउनुभयो । सूचना प्रविधिलाई जोड्न सकेमा चितवनको आर्थिक विकास गर्न सकिने उहाँको भनाई छ । युवापुस्ताहरु सूचना प्रविधिमा आकर्षित भएको भन्दै उहाँले स्वदेशमै स्वरोजगार बन्न समेत युवालाई आह्वान गर्नुभयो । उहाँले हिकभिजन तथा इजभिजले उत्पादन गरेका सिसि क्यामराले चितवनको बजारमा विश्वासिलो ब्राण्डका रुपमा परिचित भएको भएकोे बताउनुभयो । जिल्लामा चितवन महोत्सवसँगे अन्य विभिन्न कार्यक्रमहरु गर्दा यही ब्राण्डका सिसि क्यामराले सुरक्षामा सहयोग गरेको र यसको क्यालिटीमा विश्वसनीयता आँफुले पाएको उहाँको भनाई थियो ।
हिकभिजन/इजभिजका आधिकारीक बिक्रेता जर्मन आइटी सोलुसन नारायणगढका प्रवन्ध निर्देशक सुवास गिरीले हिकभिजन सुरक्षा उपकरण निर्माण तथा आपूर्ति गर्ने विश्वकै उत्कट चिनियाँ कम्पनी भएको बताउनुभयो । उहाँले हिकभिजन ब्राण्डका क्यामरा विश्वमा सबैभन्दा बढी बिक्री हुने भन्दै नेपालमा पनि यसको माग उच्च रहेको बताउनुभयो । चितवनको बजारमा धेरै क्षेत्र हिकभिजनका सिसि क्यामराले ओगटेको उहाँको भनाई थियो । बजारको आवश्यकता, सरल सञ्चालन र नविनतम प्रविधिको प्रयोग गर्दै हिक भिजनले सिसि क्यामेरा उत्पादन भएको उहाँले बताउनुभयो । अहिले एआई नगरानी प्रणाली समेत समावेश भएका सिसि क्यामराहरुबाट ग्राहकहरुलाई उत्कृट सेवा दिन सफल भएको उहाँको भनाई छ ।
चितवनमा सिसि क्यामेरा बिक्रेता पसल २० वटा रहेका छन् । आधाभन्दा बढी हिक भिजन / इजभिज कैै बिक्री भइरहेको जर्मन आइटी सोलुसनका सञ्चालक अर्जुन सिंखडाले बताउनुभयो । उहाँले अहिले व्यवसायी उद्योगले मात्र नभई घरको सुरक्षाका लागि सिसि क्यामेरा जडान गर्नेहरुको संख्या बढिरहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा कम्प्युटर एशोसियसन नेपाल महासंंघ, (क्यान) चितवन अध्यक्ष विष्णुप्रसाद लामिछाने ,पूर्व अध्यक्ष सन्तोषजनक भुसाल, उपाध्यक्ष रुपक नेपाल लगायतले मन्तव्य दिनुभएको थियो । उहाँहरुले चितवनमा भएको बजारीकरणसँगै सुरक्षामा पनि चुनौती थपिएको हुँदा प्रविधिसँगै विकास भएको सिसि क्यमराले सुरक्षामा सहजता थपेको र हिकभिजन÷ इजभिजका उत्पादन प्रयोग गर्दा कुनै समस्या नआएको भनाई राख्नुभएको थियो ।
सो अवसरमा हिकभिजन नेपालका सेल्स मेनेजर एमडी चुन्ना, मार्केटिङ क्यानेजर अमर पुडासैनी इजभिज नेपालका सेल्स मेनेजर सोनु श्रेष्ठ, भत्सल इम्पेक्सका सेल्स मेनेजर देवेन्द्र नेपाल र टेक्निकल इन्जिनियर प्रविन सापकोटाले सहभागी प्राविधिकहरुलाई प्राविधिक ज्ञान दिनुभएको थियो ।
कार्यक्रममा चितवनमा सिसि क्यामेरा जडान गर्दै आएका सयभन्दा बढी प्राविधिकको सहभागिता रहेको थियो । जहाँ हिकभिजन/ इजभिजका प्राविधि सम्वन्धि छलफलसँगै प्राविधिकहरुलाई प्रशिक्षण पनि दिइयो ।







