चितवन, १५ जेठः गणतन्त्रलाई संस्थागत गर्न सबै दल र जनता एक हुन आबश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । गणतन्त्र दिवस २०८२ को उपलक्षमा गणतन्त्र दिवस समारोह समिति चितवनले आयोजना गरेको प्रभात फेरी पछिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँहरुले गणतन्त्रको बिकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले गणतन्त्रले सबैको अधिकार सुनिश्चित गरेको बताउँदै यसको बिकल्पमा अन्य व्यवस्था हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “गणतन्त्रलाई संस्थागत गर्दै देशलाई समुन्नती तर्फ लैजाने जिम्मेवारी हाम्रो हो ।”

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले निस्पक्ष भावले काम गर्न सकेमा मात्रै गणतन्त्र संस्थागत हुने बताउनुभयो । उहाँले भन्नुभयो “गणतन्त्रको संस्थागत गर्न सबै दल र जनता समय अनुसार चल्नुपर्ने बताउनुभयो ।

सो अबसरमा बागमती प्रदेशका पूर्बमन्त्री बिजय सुवेदी, नेपाली काँग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, रास्वपाका जिल्ला सभापति कृष्ण प्रसाद भूषाल, एकिकृत समाजबादीका जिल्ला इन्चार्ज अशोक थापा लगाएतले गणतन्त्रको रक्षाका लागि सबै दल एक भएर लाग्न आबश्यक रहेको बताउनुभयो । गणतन्त्रको प्रत्याभूति हुनेगरी यसलाई संस्थागत र व्यवस्थित गर्न आबश्यक रहेको उहाँहरुको भनाई थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले सबैको योगदानले आएको गणतन्त्र सबैको साझा चार्ड भएको बताउनुभयो । जिल्ला समन्वय समिति उपप्रमुख कल्पना सापकोटा काफ्लेले भएका परिवर्तनहरुलाई संस्थागत र व्यवस्थित गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रम अघि गणतन्त्र दिबसको अबसरमा भरतपुर महानगरपालिका वडा नम्बर १० चौबिसकोठीबाट निकालिएको प्रभात फेरी जिल्ला समन्वय समितिमा आएर सभामा परिणत भएको थियो । यस्तै आजै भरतपुर अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ ।क्

प्रतिक्रिया दिनुहोस !