चितवनः जिल्लाको पहाडी क्षेत्र मायाँटार क्षेत्रमा यातायातको पहुँच पुगेसँगै यहाँका स्थानीयहरुलाई जीविको पार्जनमा सहज बनेको छ । अधिकांश चेपाङ्ग समुदायको बसोबास रहेको यस क्षेत्रमा सडक सञ्जालको विकास भएपछि यहाँ उत्पादित वस्तुले बजार पाउँदा स्थानीयको जीवनयापनमा सहज भएको हो ।
इच्छाकामना गाउँपालिका वडा नम्बर २ मायाँटारका स्थानीयले उत्पादन गरेका सबै सामग्रीहरुले यातायातको सहजतासँगै सहज रुपमा बजार पाउन सकेको हो । स्थानीय राष्ट्रिय आधारभूत विद्यालय मायाँटारका प्रध्यानाध्यापक पदम वहादुर प्रजा शक्तिखोर फिस्लिङ् सडक खण्ड निर्माण भएसँगैं यहाँको जीवन सहज भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “सडक कालोपत्रे भएसँगैसवारीसाधानको समस्या नहुँदा यहाँ उत्पादित तरकारी र अन्य अन्न बालीले सहज रुपमा बजार पाएको छ ।” यहाँ उत्पादन हुने रैथाने प्रजातीहरु वजारसम्म पु¥याउन सक्ने भएपछि आयआर्जन बढेको छ । उहाँले भन्नुभयो “पहिला बोकेर बजारसम्म पु¥याउनु पथ्र्यो । अहिले गाडीमा हालेर पठाउने गर्छांै ।”
यहाँ अहिले पाँचवटा बोलेरो सञ्चालनमा रहेका छन् । बिहान १० वजेदेखि दिउँसो ३ वजे सम्म ती बोलेरो सञ्चालन हुँदा यहाँको उत्पादन फिस्लिङ् वजारदेखि चितवनको शक्तिखोर, रत्ननगरको टाँडी बजार लगायतमा पुग्ने गरेको उहाँले बताउनुभयो । अहिले यहाँका बासिन्दाले निगुरो र काफल बेचेर समेत कमाउने गरेको उहाँले सुनाउनुभयो ।
वडा सदस्य एक वहादुर गुरुङ्का अनुसार यहाँबाट चल्ने बोलेरोले यहाँका जनतालाई सेवा दिदैं आएका छन् । यातायातको सहजतासँगै यस स्थानमा घरबास कार्यक्रमले पनि यहाँको जीवनस्तरलाई माथि उठाउन सहज भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यहाँ सञ्चालनमा रहेका घरबासहरु (होम स्टे)मा गर्मी छल्नका लागि पर्यटक आउने उपयुक्त स्थान बनेको छ ।”
बोलेरो चालक रमित चेपाङ् बिहानदेखि वेलुकासम्म जुनसुकै समयमा पनि यहाँका बासिन्दाहरुको सेवामा बोलेरोहरु तयार रहने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “पहिला पहिला यहाँ उत्पादित थोरै वस्तुहरु वजारमा पु¥याउन कठिन हुने गरेको थियो । अहिले त्यो समस्या छैन ।” गाउँ गाउँमा पुगेर यहाँका उत्पादनलाई बजारसम्म पु¥याउने काम आफुहरुले गर्दै आएको उहाँको भनाई छ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ पहाडी क्षेत्रमा सडक सञ्जाल पु¥याउन लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो “चेपाङ समुदायको जीवनस्तर माथि उठाउन यातायातसँगै, पर्यटन, कृषि क्षेत्र प्रबद्र्धनमा हामी लागेका छौं ।” घरबास (होमस्टे) प्रबद्र्धनमा पनि गाउँपालिका लागिपरेको उहाँको भनाई छ ।
सडक सञ्जालले स्थानीय उत्पादन बजार पु¥याउन र शहरी क्षेत्रबाट पर्यटक भित्र्याउन सहज भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सडक सञ्जाल यहाँका जनताको आयस्तर बढाउन निकै राम्रो भूमिका खेलेको छ ।”






