
चितवनः बस र बिद्युतीय कार ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ८ का ४२ बर्षिय प्रदिप तिमल्सीना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चतवनका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार आज बिहान १ः४५ वजे पूर्ब पश्चिम राजमार्गमा भएको दुर्घटनामा परि तिमल्सिनाको मृत्यु भएको हो । उदयपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको. बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको बिद्युतिय कार एक आपसमा ठक्कर खाँदा कार चलाक तिमल्सिना गम्भीर घाईते हुनु भएको थियो । उहाँको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।
दुबै सवारी साधन र वसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।