चितवनः पौडी पोखरीमा डुवेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का २५ बर्षिय लोकेश महत्तो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका मंगलबार इच्छाकामना गाउँपालिका वडा नम्बर ७ दाहाखानी स्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुवेका थिए । उनको आज राती १२ः३५ वजे उपचारका क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । साथीहरुसंग रमाईलो गर्न गएका उनी पौडी पोखरीमा डुवेको अबस्थामा भेटीएका उनी संग गएका ८ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का २२ बर्षिय सिमन थापा, प्रविण घिमिरे, ५७ वर्षिय मेघलाल चुडाल, २६ बर्षिय दिपेश महत्तो, १९ बर्षिय शुबु खत्री रहेका छन् । यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १३ का २६ बर्षिय आदेश सुवेदी, १४ का २९ बर्षिय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ बर्षिय नारायण बस्नेत रहेका छन् । उनीहरुलाई आबश्यक अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !