
चितवनः गैंडाको खाग जस्तो देखिने अखेटोपहार सहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भरतपुर महानगरपालिका वडा नं. ९ बिसहजारी सडक क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने दुबैजाना पुरुष रहेको उहाँले बताउनुभयो । उनीहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको नयाँ गोरख गणको टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसन्धानमा रहेकाउनीहरुको नाम गोप्य राखिएको छ ।