चितवनः संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले शिक्षक महासंघका माग सम्बोधनका लागि सरकारले ऐन निर्माणको काम सुरु गरेको बताउनुभएको छ । नेपाल शिक्षक संघको ३६ औं स्थापना दिवसको अबसरमा क्यान्सर रोगका बिरामीहरुलाई फलफुल बितरण पछि बोल्दै उहाँले शिक्षकका मागहरु सम्बोधनका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।
शिक्षकका मागका सम्बन्धमा सरकार पक्ष र प्रतिपक्ष सबै एक ठाउँ भएर अघि वढ्ने उहाँको भनाई थियो । संघले आज आफ्नो स्थापना दिवसको अबसरमा विपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल बितरण गरेको हो ।
मन्त्री पाण्डेले अस्पतालको आकस्मिक तथा अन्तरंग बिभागमा रहेका बिरामीहरुलाई फलफुल बितरण गर्नुभएको थियो । फलफुल बितरण पछि उहाँले अस्पतालको सेवा सुबिधाका बारेमा समेत जानकारी लिनु भएको थियो । जानकारी लिदैं उहाँले अस्पताल प्रशासनलाई बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्न आग्रह गर्नुभयो । अस्पताल संञ्चालक समितिका अध्यक्ष डा. बिजयराज न्यौपाने, कार्यकारी निर्देशक डा. शिवजी पौडेल, उपनिर्देशक डा. उमेश नेपाल सहितका अस्पतालका चिकित्सक कर्मचारीहरुलाई बिरामी र आफन्तले उपचारमा दुःख पाउन नहुने भन्दै उहाँले सेवालाई सर्बसुलभ वनाउन आग्रह गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक पौडेलले अस्पतालका सेवा सुबिधा संगै भोग्नुपरेका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।
फलफुल बितरण कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य उत्तम जोशी लगाएतको उपस्थिति रहेको संघकी अध्यक्ष इन्दीरा मरहठ्ठाले बताउनुभयो । शिक्षक संघले नेतृत्वदायी भूमिका खेलेको । सरकार र शिक्षहरु बिच समझदारी ऐन निर्माणको प्रकृयामा काम भईरहेको छ । अन्य दलहरु पनि सकारात्मक छन्

प्रतिक्रिया दिनुहोस !