चितवनः नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर आज एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १७ का १८ बर्षिय कुमार नेपाली रहेका छन् ।
मझुवा स्थित नारायणी नदी किनारमा पौडी नदीमा डुवेर बेहोस भएका उनलाई उद्धार गरि उपचारका लागि चितवन मेडीकल कलेजमा ल्याईएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पौडी खेल्ने क्रममा नेपाली आज दिउँसो १ः३० वजे डुवेका थिए । उपचारका क्रममा २ः३० वजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !