चितवनः अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड संञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईनखोलामा ट्रक पल्टिदाँ अबरुद्ध सडक संञ्चालनमा आएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक प्रतिक सिंहका अनुसार आज बिहान ७ वजे देखि अबरुद्ध सडक बिहान ९ः४५ वजे एक तर्फि सञ्चालनमा आएको हो । उहाँका अनुसार बिरगञ्जबाट मलेखु तर्फ जाँदै गरेको कोईला बोकेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको ट्रक आँफै अनियन्त्रीत भएर सडकमा पल्टीएको थियो । दुईवटा क्रेनको सहायताले ट्रकलाई किनारा लगाईए पछि सडक एक तर्फि खुलेको हो ।
सडकमा सवारीको चाप वढेकाले रोकिएका सवारी गन्तव्यमा पठाएर दिउँसो ट्रक हटाएर सडक दुइतर्फि संञ्चालनमा ल्याईने सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !