चितवनः नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले आँफु माथि भएका आलोचनाहरुको सामाना गर्न सक्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले लोकतन्त्रमा आलोचना र प्रसंशा सहन सक्ने क्षमता हुनु पर्ने बताउनुभयो ।
सरकारले गरेको कामको आलोचना सरकारमा भए पनि काँगञ्ेसले गर्नुपर्ने भन्दै उहाँले यसले सरकारलाई सहि बाटोमा हिडाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले अहिलेको सरकार काँग्रेस–एमाले बिचको लिखित सहमती अनुसार अघि वढ्ने भन्दै उहाँले सरकारले गरेका कामको सकारात्मक र नकारात्मक आलोचना सहन सक्नु पर्ने बताउनुभयो । लोकतन्त्रमा सबै पक्षको सामना सरकाले गर्नुपर्ने भन्दै काँग्रेसले सरकारमा रहेर पनि सकारात्मक कामको प्रशंशा र नकारात्मक कामको आलोचना गरेको उहाँको भनाई थियो ।
फरक पञ्संगमा बोल्दै उहाँले पार्टीको महाधिबेशन समयमानै हुने बताउनुभएको छ । उहाँले पार्टीको महाधिबेशन बिं. स. २०८२ मंसिर सम्ममानै हुने बताउनुभयो । आन्तरिक कामका कारण रोकिएमा ढिलोमा बि.सं. २०८३ बैशाख सम्ममा महाधिबेशन हुने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “बिधान अनुसार पार्टीलाई चलाउनका लागि समयमानै महाधिबेशन नभए पार्टीको बैधानिकता माथि समेत प्रश्न उठ्छ ।” पार्टी वचाउनका लागि पनि समयमानै महाधिबेशन आबश्यक रहेको उँहाको भनाई थियो ।






