चितवनः जिल्लामा एसइई परिक्षाको तयारी अन्तिम चरणमा पु¥याईएको छ । यहाँका २४४ वटा बिद्यालयमा अध्ययनरत १२ हजार ३९२ जना बिद्यार्थी यही चैत ७ गते बिहिबार देखि हुने परिक्षामा सहभागीता जनाउँदै छन् ।
शिक्षा बिकास तथा समन्वय इकाई चितवनका प्रमुख लक्ष्मण देवकोटाका अनुसार ६ हजार ५०५ जना छात्र र ५ हजार ८८७ छात्राले परिक्षामा सहभागीता जनाउँदै छन् । परिक्षाका लागि ४२ वटा केन्द्र तोकीएको छ । जस मध्ये भरतपुर महानगगरपालिकामा २३ वटा, रत्ननगर नगरपालिकामा ६ वटा खैरहनी नगरपालिकामा ४ वटा, राप्ती नगरपालिकामा ३ वटा कालिका र माडी नगरपालिकामा २÷२ वटा र इच्छाकामना गाउँपालिकामा २ वटा केन्द्र तोकीएको छ ।
देवकोटाका अनुसार १० हजार ४४५ जना नियमित तर्फ हुन भने ग्रेड वृद्धिका लागि १ हजार ७६६ जनाले परिक्षा दिदै छन् । प्राबिधिक धार तर्फ १८१ जना बिद्यार्थी परिक्षामा सहभागी हुँदै छन् । जिल्लाका १०४ वटा सामुदायीक र १२२ वटा संस्थागत बिद्यालयका बिद्यार्थीहरु परिक्षामा सहभागी हुन लागेको इकाइले जनाएको छ ।
देवकोटाले भन्नुभयो “परिक्षाको लागि तयारी अन्तिम चरणमा पु¥याएका छौ । प्रश्न पत्र र उत्तर पुस्तिका सबै केन्द्रहरुमा पुगि सकेको छ ।” अपाङ्गता भएका बिद्यार्थीहरुलाई सहयोगी राखेर परिक्षा दिने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो । केन्द्राध्यक्षहरुलाई तालिम दिएर परिक्षालाई मर्यादित वनाउन लागिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !