चितवनः बिश्व हिन्दु महासंघ चितवनले धर्मशास्त्रमानै नभएको कुरा ल्याएर महाराजहरुले भक्तजनहरु ठग्न खोजेको आरोप लगाएको छ । धर्म शास्त्रमा कोटीहोम, महायज्ञ, अनुष्ठानहरु लेखिएको भए पनि महा–महोत्सब नभएको महासंघले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी गनाएको छ ।
मंगलबार देखि देवघाटमा सुरु गरिएको देवघाटधाम महा महोत्सब धर्मका नाममा ठगिको धन्दा हुन सक्ने भन्दै उसले आर्थिक पारदर्शीता, महामहोत्सब भनेको केहो, यसको धार्मिक र वैदिक महत्व के छ भन्ने बिषयमा प्रश्न उठाएको छ । देवघाट क्षेत्रको पुरारात्विक र शास्त्रीय महत्वको भावना बुझेर मात्र कंत्रmिट र बालुका संरचना वनाउन दिन समेत महासंघले क्षेत्र बिकास समिति र गाउँपालिकालाई समेत अनुरोध गरेको छ । महासंघका जिल्ला अध्यक्ष प्रेमप्रसाद गैरेका अनुसार आदिप्रयागराज देवघाटमा मकर महिनाको बिशिष्ट समयमा उपस्थित भक्तजनहरुलाई विनाशास्त्रीय अनुष्ठान एउटा चटके नाटक मञ्चन गरिएको छ । उहाँले भन्नुभयो “शास्त्रीय म¥यादा र आचार संहिताको धज्जी उडाउने महाठग देखि सचेत तथा साबधान रहने सबैमा अपिल गछौं ।”
बिभिन्न समयमा महासंघलाई दक्षिणा गरेर पठाउँला भन्ने जस्ता अभिव्यक्तिहरु आएको भन्दै महासंघले यसको समेत खण्डन गरेको छ । बिश्वहिन्दु युवा संघ चितवनका अध्यक्ष श्याम पौडेलले महासंघको नाममा गरिएको गलत प्रचारको खण्डन गर्दै प्रमाण जदिन समेत अनुरोध गर्नुभयो । बिगतमा भैरहबामा आयोजित महायज्ञमा समेत आर्थिक रुपमा पारदर्शिता देखाउन नसकेर भागेका भगौडा महाराजले यहाँ भगौडाको जमघट गराउन खोजेको पौडेलको आरोप छ । वैदिक शास्त्रीय अनुष्ठानहरु नै समावेश नभएको महामहोत्सब नाटक भएकाले यस कार्यमा सहभागी नहुन र दान समेत नगर्न सनातनीहरुलाई अपिल समेत महासंघले गरेको छ ।
धार्मीक अगुवा प्रमेनीधि कडेंलले अनुष्ठानका लागि हवन, भगवानका नाममा हुनु पर्ने हरेक कार्यहरु गरिनुपर्नेमा अहिले देवघाटमा आश्रम निर्माणका लागि पैसा उठान बिभिन्न ठाउँहरुमा सचिबालय राखेर काम भईरहेको घटना निन्दनिय भएको बताउनुभयो । उहाँले भन्नुभयो “महामहोत्सबमा हुनु पर्ने र गरिनु पर्ने कार्यहरु के के हुन र किन भएका छैनन् ।” महामहोत्सब तनहुमा हो की चितवनमा भन्दै उहाँले अनुष्ठान भएको ठाउँमा आँफुखुसी दिने भए पनि अनुष्ठान भन्दा बाहिर गएर सचिबालय राख्ने काम अनुचित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !