चितवन,२ पुस ः जिल्लाको राप्ती नगरपालिकामा महिला र बालबालिकाका लागि भारत सरकारले अस्पताल निर्माण गरिदिने भएको छ । नगर प्रमुख शम्शेर लामा र वीरगंजस्थित भारतीय महावाणिज्य दूत डिएस मिना बिच अस्पताल निर्माण गर्ने विषयमा सहमती भएको हो ।
नगरपालिकामा सोमबार आएको महावाणिज्य दूतको टोलीले प्रारम्भीक विषयमा छलफलसँगै रु बीस करोड सम्मको अस्पताल निर्माण गरिदिने विषयमा सहमती जनाएको प्रमुख लामाले जानकारी दिनुभयो । अस्पताल कहाँ र कस्तो निर्माण गर्ने विषयमा नगरपालिकाले छलफल गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ अस्पताल निर्माण गर्ने विषयमा दुई पक्षबिच निर्णय भएको छ । थप प्रक्रिया हामी अगाडी बढाउँदै छौं ।”
राप्ती नगरपालिका समथर भुभाग र पहाडी क्षेत्रमा पर्दछ । यसको पहाडी भुभागमा चेपाङ समुदायको बसोबास छ । उनीहरुको लागि अस्पताल अपरिहार्य रहेको छ । अति विपन्न भएकोले टाढा उपचारको लागि जान कठीन हुने गरेको छ । भेटका अवसरमा महावाणिज्य दूत मिनाले राप्ती नगरपालिकामा विकास निर्माणमा गर्न सक्ने सहयोगका बारे चासो देखाउनुभएको लामाले जानकारी दिनुभयो ।
––

प्रतिक्रिया दिनुहोस !