चितवन,२१ मङ्सिरः अण्डाको मूल्य बढेको छ । पछिल्ला दिनहरुमा अण्डाको मूल्य वढ्न थालेको हो । शनिबारबाट लागु हुने गरी ठूलो अण्डाको फाम रेट प्रति क्रटे (३० वटाको) रु ४७० र मझौलाको रु ४५५ कायम गरिएको छ । नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार दुई साता देखि अण्डाको मुल्य क्रमश बढ्दै आएको हो । पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, स्कुल कलेज संञ्चालनमा आए संगै अण्डाको मूल्यमा बृद्धि भएको हो । पोख्रेलका अनुसार यस अघि अण्डाको मूल्य रु ५०५ सम्म पुगेर क्रमश घटेको थियो । उहाँले भन्नुभयो “अहिलेको अबस्थालाई हेर्दा अण्डाकौ मूल्य क्रमश वढ्ने देखिन्छ ।” अहिले अण्डाको मूल्य बढ्न थालेको उहाँले बताउनुभयो । अण्डाको मुल्य बढेपछि किसान उत्साहित बनेका छन् । लागत मूल्य नजिक अण्डा बिक्री गर्न पाएपछि किसान खुसी भएका हुन् । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताउनुभयो । अहिलै दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ । उहाँको भनाइमा नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएको कुखुरापालक किसान त्रिलोचन कँडेलले बताउनुभयो । किसानले पालेका अण्डा उत्पादन हुने कुखुरा बिक्री भएको र नयाँ चल्ला काम हुर्कीईयकाले उत्पादन घटेको उहाँले बताउँनुभयो ।