चितवन २१ मङ्सिर ः नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ क्षेत्रिय समिति चितवन नवलपुरकोे अध्यक्षमा हिमराज खनाल निर्बिरोध निर्वाचित हुनुभएको छ । संघको आज सम्पन्न आठौं साधारणसभा तथा चौंथो अधिवेशनले खनालको नेत्तृत्वमा संघको सम्पूर्ण कार्यसमिति निर्बिरोध निर्वाचित भएका हुन् । खनाल लामो समयदेखि चितवनमा रहेर स्टेशनरी तथा मसलन्द उद्योग सञ्चालन गर्दै आउनुभएका व्यवसायी हुनुहुन्छ । संघको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा थानेस्वर न्यौपाने, कोषाध्यक्षमा हरिकृष्ण ढकाल चयन हुनुभएको छ । त्यसैगरी सह– सचिवमा नारायण काफ्ले, सह–कोषध्यक्षमा मनिष अग्रवाल चयन हुनुभएको छ ।
अधिवेशनबाट निर्वाचित सदस्यहरुमा देवेन्द्र बर्तौला, कृष्ण प्रसाद अधिकारी, रोहन खड्का रहनुभएको छ । संघको रामकृष्ण ढकालको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ । जसमा उमाकान्त कँडेल र खेमराज भट्टराई लेखा समिति सदस्य रहनुभएको छ । संघको बजार व्यवस्थापन तर्फ दुर्गा प्रसाद गौतमको संयोजकत्वमा सागर घिमिरे र शुसिल मिश्रवाल रहनुभएको छ । संघको सल्लाहकार तर्फ शिवराज लामीछानेको संयोजकत्वमा बाबुराम घिमिरे, गोपाल गैरे, धर्मदत्त ढकाल र राजु भुषाल रहनुभएको छ ।
भरतपुरको चितवन गार्डेन रिर्सोटमा सम्पन्न साधारणसभा तथा अधिवेशन निर्वतमान अध्यक्ष केशवराज खनालको सभापतित्वमा सम्पन्न भएको थियो । संघका केन्द्रिय अध्यक्ष निमनाथ फुयाँल प्रमुख अतिथी रहनु भएको कार्यक्रममा संघको निवर्तमन अध्यक्ष हरि भण्डारी विशिष्ठ अतिथी रहनुभएको थियो । संघका सल्लाहकार बाबुराम खनाल, पुस्तक तथा स्टेशनरी व्यवसायी संघ चितवनका अध्यक्ष प्रमेश आचार्य, संघका केन्द्रीय महासचिव प्रकाश श्रेष्ठ, सल्लाहकार कृष्णचन्द्र पौडेल लगायतले कर्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संघका सल्लाहकार बाबुराम घिमिरेको संयोजकत्वमा रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिलाई सपथ तथा प्रमाणपत्र प्रदान गरेको थियो । सो अवसरमा मन्तव्य व्यक्त गर्नेहरुले व्यवसायकोे चुनौती तथा अवसरको बारेमा धारण व्यक्त गरेका थिए ।
बि.सं. २०४७ सालमा स्थापना भई उद्योगीहरुको हितमा काम गर्र्दै आएको केन्द्रीय संघको देशको ९ स्थानमा प्रदेश तथा क्षेत्रीय समिति रहेका छन् । क्षेत्रिय समिति चितवन नवलपुर भने बि.सं. २०६८ साल भाद्र २३ गते चितवन कपि तथा स्टेशनरी उद्योग नामको संस्थाबाट बाबुराम घिमिरेको संयोजकत्वमा स्थापना भई बि.सं. २०७२ माघ १० गते पहिलो साधारण सभाबाट शिवराज लामिछानेको अध्यक्षतामा केन्द्रीय समितिसँग आवद्घ भई यस क्षेत्रका व्यवसायीको हक हितमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !