प्रस्ताब सुवेदी
चितवनः जिल्लामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको जीननीमा आधारीत भएर म्युजिक भिडियो निर्माण सुरु गरिएको छ । मानब सचेत समाज संगको सहमतीमा स्थानिय अनुपम केसीले योनिक तथा लैंगिक अल्पसंख्यकहरुको जीबन कसरी संञ्चालन भईरहेको छ, अबस्था कस्तो छ, उनीहरुले बच्चा जन्माउन चाहे सक्छन की सक्दैनन् भन्ने बिषयमा आधारीत भएर भिडियो निर्माण गर्न लागिएको हो ।
यस भिडियामेमा चितवनका दुई जना यस मुदायका व्यक्तिहरुले आफ्नो प्रस्तुती गर्न पाउने भएका छन् । आबेदन दिएका ९ जना मध्येबाट संगिता अधिकारी र सृष्टी भूषालई छनोट गरी पहिलो चरणको कक्षा लिई सकिएको मानब सचेत समाज चितवनका कार्यक्रम संयोजक देब श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमले यस्ता समुदायका व्यक्तिहरुको अबस्था यथार्थ रुपमा ल्याउने र उनीहरुलाई आफ्नो क्षमता प्रस्फुटन गर्न दिने भएकाले यसमा समाजले अनुमति दिएको हो ।
समाजले हेर्ने दृष्ट्रिकोणमा समेत फरक पन ल्याउनका लागि आँफुहरुले यस कार्यक्रममा सहभागीता जनाएको संगीता बताउनुहुन्छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ निबासी संगीता आँफुमा भएको प्रतिभा देखाउन पाउँदा निकै खुशी हुनुहन्छ । उहाँले भन्नुभयो “हामीले पनि केही गर्न सक्छौ भने हौसला वढेको छ ।” आफुले नपढ्दा निकै दुःख पाएको भए पनि अहिले एउटा मौका पाएको उहाँले बताउनुभयो ।
यस्तै भुषाल अहिले आँफुलाई अबसर मिलेकोमा निकै दङ्ग हुनुहुन्छ । उहाँले भन्नुभयो “हामी पछिको पुस्ताले यस्तो दुःख नपाउन भनेर भिडियो खेल्न राजी भएको हो ।”यस समुदायमा परिवर्तन जरुरी रहेकाले आँफुहरु यसका लागि कोशेढुङ्गा वन्न सक्ने उहाँको भनाई छ । गैंडाकोट निवासी भुषाल यस्ता अबसर पाई राखे हामीले पनि केही गरेर खान सकिन्थ्यो भन्नेमा हुनुहुन्छ । उहाँले थप्नुभयो “अहिले आँफुहरुले बिहे, बर्तन, न्वारन, गृह प्रबेश लगाएतका कार्यक्रममा गएर आर्शिवाद दिने मात्रै गरेका छौ । यस्ता अबसर पाए काम जे पनि गर्न सक्छौ ।”

प्रतिक्रिया दिनुहोस !