प्रस्ताब सुवेदी
चितवनः जिल्लामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बती यौनिकता शिक्षा प्रदान गरिउको छ । मानब सचेत समाजको समन्वयमा निलहिरा समाज र युवा कार्यक्रम अन्तर्गत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई यो शिक्षा प्रदान गरिएको हो ।
यस समुदायमा रहेका २० जना युवा युवतीको सहभागीतामा ¥याम्बो युथ लिडरका प्रतिनिधि अनिश गुरुङ् र मानब सचेत समाजका कार्यक्रम संयोजक देव श्रेष्ठले यौनिकता शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्य अधिकारी, मानसिक स्वास्थ्यका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
यस समुदायका व्यक्तिहरुले आँफु को हुम भन्ने पहिचान गर्न सकुन, परिवारलाई कसरी सम्झाउने, युवाहरुमा सचेतना कसरी फैल्याउने जस्ता बिषयमा प्रशिइाण दिईएको थियो । सहभागीहरुले यौन चाहान भएमा कसरी पुरा गर्ने, कस्ता किसिमका सामाग्रीहरुको प्रयोग गर्न सकिन्छ, उनीहरुको बच्चा हुन सक्छ की सम्दैन भन्ने बिषयमा प्रश्न गरेका थिए । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुमा हुने बिभेद अन्त्यका लागि के गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल भएको थियो ।