चितवनः नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ चितवन शाखाको भवन आज शिलन्यास गरिएको छ । बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एबं प्रदेश सभा सदस्य उत्तम जोशीले भवन शिलान्यास गर्नुभएको हो ।
भवन शिलन्यास समारोहमा बोल्दै पूर्ब मन्त्री जोशीले पुस्तकमा सबैको पहुँच पु¥याउन ठाउँठाउँमा पुस्तकालय आबश्यक रहेको बताउनुभयो । फुर्सदको समयमा पुस्तक पढ्ने बानिले मानब जीवन सफल बन्ने भन्दै उहाँले यो पुस्तकालय जिल्लाकै नमुना पुस्तकालय बन्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिबसागर शर्माले चितवन शाखाले गर्न लागेको काम प्रति आभार व्यक्त गर्नुभयो । पुस्तकालेको सही सदुपयोग हुनेमा उहाँले बिश्वास समेत व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरे स्थित देउराली ताल नजिकै भवनको शिलन्यास गरीएको हो । संघका पूर्ब अध्यक्ष पंकज अग्रवाल र उहाँकी आमा कृष्णाकुमारी अग्रवालले प्रदान गर्नुभएको १० धुर जग्गामा भवन बनाउन लागिएको हो । करिब रु १ करोड ५० लाखको लागतमा निर्माण गर्न लागिएको सो भवनका चार तलाको वन्ने छ । भवनमा पुस्तकालय, सभाहल सहित सचिबालय रहने संघका अध्यक्ष परमेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भवन आठ महिना भित्र निर्माण सम्पन्न हुने छ । आचार्यका अनुसार संघमा जिल्लाका चार सय भन्दा बढि व्यवसायीहरु आबद्ध रहेका छन् ।