चितवनः नेपाली काँग्रेसका नेता डा.मीनेन्द्र रिजालले लोकतन्त्रमा व्यक्ति बलियो नभई संस्था बलियो हुनुपर्ने बताउनु भएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रमा व्यक्ति भन्दा पनि संस्था बलियो वन्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “लोकतन्त्रलाई बलियो बनाउन व्यक्ति बलियो भएर हुदैन । हाम्रो व्यवस्था र संबिधान बलियो हुनु पर्छ ।” काँग्रेस र एमालेको गठवन्धन व्यवस्था र संबिधान बलियो वनाउने हुनु पर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “काँग्रेस र एमालेले साझा जिम्मेवारीमा भोली एकअर्का संग प्रतिशप्रर्धा गर्ने र आज लोकतन्त्रलाई मुल दायीत्वमा लियर जाने सम्झीएर काम गरे भने हाम्रो सिस्टम र संबिधान बलियो हुन्छ ।”
रसायन नमिल्दा शक्तिशालि मानिएका व्यक्तिहरु पनि सडकमा आउनु परेको बताउँदै उहाँले लोकतन्त्रमा व्यक्ति भन्दा पनि संस्था बलियो हुने बताउनुभयो । बहुमतको सरकारले जनताको अपेक्षा पुरा गर्न सक्ने भए पनि अहिले जोड घटाउमा लाग्दा जनअपेक्षा अनुसार काम हुन नसकेको उहाँको भनाई थियो । जनताको बिश्वासमा घात हुन नहुने रिजालले बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले काँग्रेसको बिभाग गठन प्रकृयालाई कछुवाको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो बिभाग गठन देखि लिएर अन्य प्रकृयामा देखिएको समस्याले पाटी बलियो बन्दैन ।”