चितवनः नेपाली काँग्रेसका पूर्ब सभापति गिरिजा प्रसाद कोइरालाको एक सययौं जन्म जयन्तीको अबसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट भारतपुर महानगर समितिले भरतपुर महानगरपालिका वडा नम्बर १७ लगौंटा प्रथामिक बिद्यालय लंगौटामा अध्ययनरत बिद्यार्थीहरुलाई स्टेसनरी सामाग्री प्रदान गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ्ले त्यहाँ अध्ययनरत ११० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो । गिरिजा प्रसाद कोईरालाले नेपालको राजनितिमा खेलेको योगदानको करदर गर्दै उहाँको सम्झनामा शैक्षिक सामाग्री बितरण गरिएको गुरुङ्ले बताउनुभयो । उहाँले भन्नुभयो “युग पुरुष कोइरालाले देशलाई द्धन्द्धबाट मुक्त गराउने देखि जनताको पक्षमा गरेका कामको सम्झना गर्नुपर्ने हुन्छ ।” समाजमा आएको परिवर्तनबाट अझै परिस्कृत गरिदैं लैजानु पर्ने उहाँले बताउनुभयो ।
सोसाईटीका अध्यक्ष नेत्रनारायण आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति जीप्तनारायण श्रेष्ठ, फाउण्डेसनका जिल्ला अध्यक्ष कमल आचार्य, बागमती प्रदेश सभा सदस्य गीता गुरुङ, जिल्ला उपसभापति राजीव न्यौपाने, महासमिति सदस्य चन्द्रध्वज गुरुङ लगाएतले मजदुर श्रमिकको हकहितको लागस् लड्दै गर्दा उदाएका नेता कोइरालालाई सधै सम्झनु पर्ने उहाँलहरुले बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !