
चितवनः कृषि तथा वन विज्ञान विश्वविद्यालयका १ हजार ५९ बिद्यार्थी दिक्षित भएका छन् । प्रधानमन्त्री एबं विश्वबिद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उहाँहरुलाई दिक्षित गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल युनिभर्सीटीका उपकुलपति प्रा.डा. अजय कुमार मिश्र उपस्थित हुनुभएको थियो । सो अबसरमा स्नातकका ७९८ जना दिक्षित हुनुभएको छ । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. पुण्यराज रेग्मीका अनुसार कृषि का ५६८, पशु चिकित्साका ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका १५७ जना दिक्षित हुनुभएको हो । यस्तै स्नातकोत्तर तर्फ कृषिका १२३ जना, पशु चिकित्साका ३६ जना, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० जना गरी २५२ जना दिक्षित हुनु भएको छ । विद्यावारिधिमा दिक्षित हुनुभएका ९ जना मध्ये ८ जना कृषि र १ जना वन विज्ञानका हुनुहुन्छ ।
यो चौथो दिक्षान्त समारोह हो । वि. सं. २०६७ साल असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । अहिलेका उपकुलपति रेग्मी आएपछि उहाँकै कार्यकालमा यो सहित तीन वटा दिक्षान्त समारोह गरिएको छ । रेग्मीले स्थापना दिवसको दिन दिक्षान्त समारोह सुरु गरे संगै अब नियमित दिक्षान्त समारोह हुने विश्वास व्यक्त गर्नुभयो । स्थापना दिवसको अबसरमा दिक्षान्त समारोह संगै साहित्यीक कार्यक्रम, रक्तदान, बृक्षारोपण गरिएका छन् । यसै सन्दर्भमा असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन विश्वबिद्यालयमा हुँदै छ ।