भरतपुर। भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयमा सूचना प्रविधि मेला (आइटी फेष्ट) हुने भएको छ । आगामी जेठ ११ र १२ गते दुई दिन सूचना प्रविधि मेला हुन लागेको हो ।
विद्यालय र डिआइटीका विद्यार्थीहरुको सक्रियतामा मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले जानकारी दिनुभयो । उहाँले आइटी क्षेत्रमा सकारात्मक प्रभावका लागि आइटी फेष्ट कार्यक्रम राखिएको बताउनुभयो ।उहाँका अनुसार आइटी फेष्ट आइटीसम्बन्धी नयाँ जानकारी लिन, परिवर्तित समयसापेक्ष विभिन्न सूचना र प्रविधिको स्तरवृृद्धि गर्न, डिजिटल प्रविधिको पहुँच विस्तार गर्ने सहयोग पुग्नेछ ।
विद्यालयका आइटी शिक्षक दीपक तिवारीका अनुसार मेलामा फ्रिफायर, पव्जीजस्ता खेलहरुको प्रतिस्पर्धासमेत हुनेछ । उहाँले टाइपिङ, आइटी क्वीज, डिजाइन वर्कसपलगायतका प्रतियोगिता हुने बताउनुभयो । उहाँले भन्नुभया,े “ कक्षा ८ भन्दामाथिका विद्यार्थीहरुको फ्रिफायर, पब्जीजस्ता खेलहरुमा प्रतिस्पर्धा समेत गरिनेछ । साथै आइटी फेष्टमा टेक्निकल बहससमेत हुनेछ ।”
मेलामा ४० वटा आइटी क्षेत्रका स्टलहरु रहने छन् ।