भरतपुरः चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो र कराते प्रतियोगिता सम्पन्न भएका छन् ।

करातेका दुई विधा ‘काता’ र ‘कुमुते’ अर्थात् फाइटमा नौ स्वर्ण, तीन रजत र चार काश्य पदकसहित १६ पदकका साग बागमती प्रदेश प्रथम भएको छ । चार स्वर्ण, तीन रजत र दुई काश्य पदकसहित कूल नौ पदकका साथ लुम्बिनी प्रदेश दोस्रो भयो भने तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदकसहित १० पदकका साथ सुदूरपश्चिम प्रदेश तेस्रो हुन सफल भयो ।

कोशी प्रदेश एक स्वर्ण, छ रजत र छ कास्य पदकसहित कूल १३ पदक जित्न सफल भयो भने कर्णालीले एक स्वर्ण, पाँच कास्य पदकसहित छ पदक हात पा¥यो । गण्डकी एक रजत र पाँच कास्य पदकसहित छ पदक, मधेस प्रदेश पनि एक रजत र सात कास्यसहित आठ पदक जित्न सफल भयो । विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव एवं करातेका अध्यक्ष युवराज लामा, बागमतीका प्रदेशसभा सदस्य ईश्वर सापकोटा, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले पुरस्कार वितरण गर्नुभयो ।

बक्सिङतर्फ विभिन्न तौल समूहका क्वाटर फाइनल तथा सेमिफाइनलका खेल सम्पन्न भएका छन् । यस्तै, चित्रवन रङ्गशालामा एथलेटिक्सका खेल सम्पन्न भएका छन् । पुरुष तथा महिला भलिबल भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा जारी छ । ब्याडमिन्टन भरतपुर कबर्डहलमा भइरहेका छन् । ब्याडमिन्टनमा पुरुष टिम इभेन्टमा कोशी प्रदेश प्रथम भएको छभने बागमती दोस्रो, कर्णाली र लुम्बिनी प्रदेशले तेस्रो स्थान हासिल गरेका छन् ।

त्यस्तै, महिला टिम इभेन्टतर्फ पनि कोशी प्रदेश नै प्रथम भएको छ । कर्णाली प्रदेश दोस्रो, गण्डकी र बागमती प्रदेशले तेस्रो स्थान हासिल गरेका छन् । अन्य इभेन्टका फाइनल खेल आज हुनेछन् । बखान स्मृति रङ्गशाला जारी महिला फुटबलतर्फ मङ्गलबार क्वाटरफाइनल चरणका खेल सम्पन्न भएका छन् । आजदेखि सेमिफाइनल खेलहरु सुरु हुनेछन् ।

पौडीमा २७ स्वर्णसहित ५३ पदकसहित बागमती प्रथम

अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगितामा बागमती प्रदेश २७ स्वर्ण पदकसहित ५३ पदकका साथ प्रथम स्थान हुन सफल भएको छ । लेक ट्वान्टी थाउजन्ट हवेलीमा भएको प्रतियोगितामा बागमतीले २७ स्वर्ण, १९ रजत र सात कास्य पदकसहित ५३ पदकका साथ प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, आठ रजत र सात कास्यसहित १८ पदकका साथ दोस्रो स्थानमा रह्यो । कोशी प्रदेशले तीन रजत, १३ कास्यसहित १६ पदकका साथ तेस्रो स्थान हासिल ग¥यो । लुम्बिनी प्रदेशले तीन कास्य पदकसहित चौथो स्थानमा रह्यो भने मधेस र गण्डकी प्रदेशले एउटा पनि पदक जित्न सकेनन् । दुई दिनसम्मको प्रतियोगितामा ९० पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको दोस्रो दिन मङ्गलबार १७ इभेन्टमा खेल भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस !