चितवन: बिहिबार बाट सुरु हुन लागेको एसईई परिक्षामा जिल्लाका ३७६ जना सिमान्तृत समुदायका बालबालिका सहभागी हुँदै छन् । चैत २७ गते सम्म संञ्चालन हुन लागेको यस वर्षको एसइइ परिक्षामा चेपाङ् समुदायका ३५१ जना, बोटे समुदायका १३ जना र माझी समुदायका १२ जना बिद्यार्थी सहभागी हुन लागेका हुन ।
जिल्लाबाट १० हजार ९२३ जना बिद्यार्थी सहभागी हुने परिक्षामा उनीहरुले सहभागीता जनाउन लागेको शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनुभयो । जिल्लाका ४२ वटा केन्द्रबाट ती बिद्यार्थी परिक्षामा सहभागी हुन लागेका हुन । ६४ वटा बिद्यालयमा अध्ययन गरेका चेपाङ् समुदायका बिद्यार्थी संगै ११ वटा बिद्यालयमा अध्ययन गरेका माझि र १२ वटा बिद्यालयमा अध्ययन गरेका बोटे समुदायका बिद्याथीहरु परिक्षामा सहभागी हुन लागेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष जिल्लाबाट सात वटा बिद्यालयमा अध्ययन गरेका संस्कृत अध्ययन गर्ने ४७ जना बिद्यार्थी पनि परिक्षामा सहभागी हुँदै छन् । परिक्षामा सहभागी बिद्यार्थी मध्ये नियमिति तर्फ १० हजार ५७१ जना, प्राबिधिक तर्फ २७१ जना, ग्रेड बृद्धि तर्फ १३५ जना बिद्यार्थी परिक्षामा सहभागी हुन लागेका हुन । यस वर्षको परिक्षामा चार जना दृष्ट्रिबिहिन बिद्यार्थीले समेत सहभागीता जनाउन लागेको उहाँले जानकारी दिनुभयो ।
परिक्षा सम्पन्न गर्नका लागि भरतपुर महानगरपालिकाकमा २२ वटा केन्द्र, रत्ननगर नगरपालिकामा ७ वटा केन्द्र, खैरहनी नगरपालिकाका ४ वटा केन्द्र तय गरिएको छ । राप्ती नगरपालिकामा ३ वटा केन्द्र, माडी नगरपालिका र कालिका नगरपालिकामा २÷२ वटा केन्द्र तोकिएको छ । यस्तै इच्छाकामना गाउँपालिकामा २ वटा केन्द्र तोकिएको उहाँले बताउनुभयो । ती केन्द्रमा ४२ जना केन्द्राध्यक्ष र ५४५ जना निरिक्षक परिचालन गर्ने तयारीमा इकाइ रहेको छ । परिक्षालाई म¥यादित वनाउनका लागि आबश्यक तयारी गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “परिक्षालाई स्वच्छ, शान्त र म¥यादीत तवरले संञ्चालन गर्न सबै निकायलाई अनुरोध गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस !