चितवन: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साइकलको प्रयोगले बातावरणको प्रदुषण रोक्ने भएकाले यसको महत्व ठूलो रहेको बताउनुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा स्मृति साइक्लीङ्ग प्रतियाेगिताकाे उद्घा टन गर्दै उहाँले साइकलकाे प्रयोग गर्दा हुने फाइदाको बारेमा जानकारी गराउन आबश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो “साइकिलिङ् प्रदुषण रहीत यात्रा हो । यसले स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।” गाडीको साट्टामा साइकलको प्रयोग गर्न सके मानब स्वास्थ्यलाई समेत फाइदा हुने उहाँको भनाई थियो । फरक प्रसंगमा बोल्दै मन्त्री जमकट्टेलले व्यवस्था परिवर्तनमा प्रकाश दाहाल र ज्ञानु दाहाल केसीले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “उहाँहरु अध्यक्षका छोरा छोरी मात्रै नभएर आन्दोलनका सहयोद्धा पनि हो ।” उहाँहरुले देखेको सपना साकार पार्न काम र व्यवहारबाट गर्नु पर्ने उहाँले बताउनुभयो । शहिदका सपना पुरा गर्नका लागि अबिचल्लित भएर लाग्नुपर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “ आन्दोलनमा लाग्नेको सपना भनेको समाजलाई व्यवस्थित वनाउने, सुशासन कायम गराउने, जनआधारीत शासन प्रणाली संञ्चालन गर्ने हो । त्यसलाई पुरा गर्नका लागि अबिचल्लीत भएर हामी लाग्नु पर्छ ।”
कार्यक्रमका संयोजक सन्तु दराइले नेपालीको स्वास्थ्य अबस्था राम्रो राख्न साइकलको प्रयोग बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रेनु दाहालको अध्यक्षतामा प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा देशभरका ८५ जना राइडरको सहभागिता रहेको छ । उनीहरुले ४ दशमलब ५ किलोमिटर दुरी साइकिलिङ् गर्ने छन् । ६ वटा बिधामा हुने प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश रु ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिने छ । इलिट मेन, वमेन, मास्टर मेन, जुनियर मेन, स्पेसल चितवन मेन र वमेन बिधामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।