चितवनः रोटरी क्लब अफ रत्ननगरको आयोजनामा यही फागुन १९ गते हुन लागेको मिनी म्याराथुनको तयारी तिब्र पारिएको छ । तयारी अन्तर्गत निमन्त्रर्णा गर्ने, धावकलाई दैडने बाटेको निरिक्षण गर्ने, सहयोगी संस्थाहरुको खोजी गर्ने लगाएतका कामहरु भईसकेको छ ।
कार्यक्रमका संयोजक बिपिन पोख्रेलका अनुसार तयारीको काम ६० प्रतिशत सम्पन्न भएको छ । अनलाईन मार्फत फर्म भर्नेको संख्या ४५२ पुगेको उहाँले बताउनुभयो । म्याराथनमा ५ सय भन्दा वढि धावकलाई सहभागि गराउन नसकीने भएकाले फागुन ९ गतेबाट अनलाईन फम बन्द गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगीतामा सहयोगी संस्थाको रुपमा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन र महालक्ष्मि बिकास बैंक तय गरिएको उहाँले बताउनुभयो । नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथुन दौड गरिने सडकमा ट्राफिक व्यवस्थापनको कामलाई समन्वय गरिएकको उहाँले बताउनुभयो ।
कार्यक्रम संयोजक पोखरेलले प्रतियोगितामा दुई किसिमबाट खेलाडी (धावक) हरुले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो । उहाँका अनुसार १५.५ किलोमिटरको खुल्ल प्रतियोगिता र ५ किलोमिटर दूरीको महिला लक्षित प्रतियोगिता हुने छन् ।
१५.५ किमीको खुल्ला प्रतियोगिता नारायणी नदी किनारबाट शुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दुरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जंंगल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ ।
१५.५ किमीको प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक, आम सर्वसाधारण पनि सहभागि हुने छन् । सिमान्तकृत चेपाङ्ग समुदायका धावकहरुलाई विशेष प्रोत्साहन गरिने उहाँको भनाई छ ।
क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाहरुको पहिचान एवं प्रबद्र्धन गर्न मिनी म्याराथुनको आयोजना गरिएको हो । भरतपुर महानगरपालिकाको आयोजनामा घुमौं भरतपुर भन्ने नाराका साथ फागुन १८ बाट शुरु हुने भरतपुर भ्रमण वर्षलाई समेत प्रबद्र्धन लाई समेत मध्यनजर गर्दै प्रतियोगिता गरिएको हो ।
उहाँका अनुसार १५.५ किलोमिटरतर्फको प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख नगद, प्रमाणपत्र र चाँदीको मेडल प्रदान गरिने छ । यसैगरी दोस्रो हुनेलाई रु ५० हजार प्रमाणपत्र र चाँदीको मेडल, तेस्रो हुनेलाई रु २५ हजार प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई रु १० हजार, पाँचौं हुनेलाई रु ५ हजार र छैठौंदेखि १० औंसम्मलाई रु ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र वितरण गरिने छ । दूरी पूरा गर्ने सबै चेपाङ्गलाई रु.२ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।
यसैगरी पाँच किलोमिटर महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई २० हजार प्रमाणपत्र र चाँदीको मेडल, दोस्रो हुनेलाई १० हजार प्रमाणपत्र र चाँदीको मेडल, तेस्रो हुनेलाई ५ हजार प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई ३ हजार, पाँचौं हुनेलाई २ हजार ५ सय, छैठौंदेखि १० औंसम्मलाई रु एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । दूरी पूरा गर्ने महिला चेपाङ्गलाई रु.१ हजार नगद प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
प्रथम पुरस्कार रु.१ लाख एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले उपलब्ध गराउने भएको छ । क्लबले सन् २०१९÷२० मा पहिलो पटक मिनी म्याराथन आयोजना गरेको थियो । ं






