चितवनः नारायणी विध्या मन्दिर माध्यमिक बिध्यालय शिबनगरका पूर्व बिध्यार्थीहरुले आफ्ना गुरुहरुकाे सम्मान गरेका छन् । वि सं.२०५९ सालकाे एसएलसी व्याजमा अध्ययन गरेका बिध्यार्थीहरुले आफुहरुलाई पढाउने ६ जना शिक्षकलाई सम्मान गरेकाे हाे । पाँचाै मित्रमिलन तथन गुरु सम्मान कार्यक्रमका क्रममा उहाँहरुलाई सम्मान गरिएकाे हाे ।
सम्मानित हुनेमा साे बिध्यालयका पूर्व शिक्षकहरु भवानीप्रसाद पाैडेल, राम सुफल राय, ताेयानाथ अधिकारी, रामचन्द्र काेईराला, प्रेम कुमार चापागाई, डिल्लीराज वाग्ले रहनु भएकाे छ । गुरुहरुकाे शिक्षाले आफुहरु अहिलेकाे स्थानमा पुग्न सफल भएकाे भन्दै बिध्यार्थीहरुले गुरुकाे सम्मान गरेका हुन । कार्यक्रममा बाेल्दै बिध्यालयका पूर्व शिक्षकहरुले बिध्यार्थीहरुकाे सम्मानले आफुहरुलाई समाज प्रति अझै जिम्मेवारी थपेकाे महशुस गरेकाे बताउनुभयाे । समाज परिवर्तनमा शिक्षककाे भूमिका महत्वपुर्ण हुने भन्दै उहाँहरुले अहिलेकाे आबश्यकता अनुसार शिक्षा दिन जरुरी रहेकाे बताउनुभयाे ।
कार्यक्रम संयाेजक चन्दना काेईरालाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा साे व्याजबाट बिध्याबारिधी गर्नुभएकी सुस्मिता भण्डारीलाई समेत सम्मान गरिएकाे थियाे । कार्यक्रममा पूर्व बिध्यार्थीहरु दिप वहादुर थापा, बिष्णु वहादुर भुजेल, नवराज भट्टराई लगाएतले बाेल्नुभएकाे थियाे ।





