चितवन: समाजसेवी मेयाँदेवी श्रेष्ठको प्रथम पुण्य स्मृतिमा अन्तर प्रदेश स्तरीय महिला टि २० क्रिकेट प्रतियोगीता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगिता यही माघको दोस्रो साता गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने संघले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । संघका महासचिब सुबोध प्रधानका अनुसार सातवटा प्रदेशका एक÷एक वटा समुहको सहभागीता रहने सो प्रतियोगिताले सन् २०२४ मा नेपालमा हुने विश्वकपको एसिया कप छनोटलाई समेत सहयाग पुग्ने छ । प्रतियोगितामा १९ वर्ष मुनिका एक सय भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला खेलाडिहरुले सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि प्रथम र दितीय पुरस्कार समेत घोषणा गरिएको छ । मैयादेवी ट्रष्टका महासचिब एबं श्रेष्ठका ध्रमपुत्र टंकनाथ पौडेलले प्रथम पुरस्कर रु १ लाख ७९ हजार ७०५ र दितीय पुरस्कार रु ९५ हजार ७०५ प्रदान गर्ने घोषणा गर्नुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि संघले प्रतियोगिता संयोजकको जिम्मेवारी बचन कार्कीलाई दिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि रु ५० लाख खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । यस प्रतियोगितालाई नेपाल क्रिकेट संघको समन्वयमा बार्षिक कार्यतालिकामानै राखेर गरिने नेपाल लोकतान्त्रीक खेलकुद संघले जनाएको छ ।






