चितवनः भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका २९ बिध्यालयमा अध्ययनरत २८३ जना बिध्यार्थीहरुका लागि छात्रवृत्ति बितरणा गरेको छ । भरतपुर महानगरपालिका अन्तर्गत संस्थागत बिध्यालयमा कक्षा ११ मा अध्ययनरत बिध्यार्थीहरुका लागि छात्रवृत्ति बितरण गरिएको हो । छात्रवृत्ति प्राप्त गर्नेमा १४६ जना छात्रा र १३७ जना छात्र रहेका छन् । महानगरपालिकाले अनलाईन मार्फत निवेदन माग गरेको थियो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज यहाँ आयोजना गरेको छनोटमा परेका बिध्यार्थीहरुलाई सिफारिस पत्र तथा शुभकामना प्रदान कार्यक्रमका बिच छात्रवृत्ति प्रदान गरेको हो । महानगरले हरेक वर्ष प्रदान गर्ने ५ प्रतिशत छात्रवृत्तिमा सिफारिसमा परेका बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्तिका लागि ८१९ जना बिध्यार्थीको आवेदन परेको थियो ।
आवेदन मध्ये जेहेन्दार, गरिव तथा बिपन्न, आदिवासी जनजाति, दलित, अपाङ्ग, जनआन्दोलनका घाईतेका सन्तति, शहिदका परिवार, बेपत्ता परिवार र मधेश आन्दोलनका घाईते परिवारका लागि प्रतिशतका आधारमा छात्रवृत्ति प्रदान गरिएको हो । छनोटका लागि बिध्यार्थीले ल्याएको जिपिय समेतलाई आधार मानिएको थियो ।
महानगरको शैक्षिक प्रशमसन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलका अनुसार बिगत २ वर्ष अघि देखि महानगरले छात्रवृत्तिका लागि सिफारिस गर्ने गरेको छ । गत अर्थिक वर्षमा २७४ जना बिध्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७८÷०७९ का लागि २२९ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए ।
छात्रवृत्ति बितरण समारोहलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख रेनु दाहालले शैक्षिक क्षेत्रमा भरतपुर महानगरले उलेख्य फड्को मारेको बताउनुभयो ।उहाँले भन्नुभयो “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रुपमा ठुलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुच पु¥याउने उद्धेश्यले महानगरपालिका अघि वढिरहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि बैज्ञानीक ढङ्गले छात्रबृत्ति बितरणको काम गरिएको छ ।” बितरणलाई अझै प्रभावकारी र बैज्ञानिक वनाउँदै लगिने उहाँले बताउनुभयो । सरकारी बिद्यालयको सुधार गर्दै संस्थागत बिद्यालय सरह वनाउने गरि महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाई थियो ।
कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रशेन अधिकारीले संस्थागत बिद्यालयहरुलाई समेत समाजिक उत्तरदायीत्व वहन गराउने गरी छात्रबृत्ती बितरण गरिएको बताउनुभयो । आर्थिक अभावमा बिद्यार्थीले पढ्न नपाउने समस्या नरहोस भनेर यस कार्यक्रमलाई बिगत देखि निरन्तरता दिईएको उहाँको भनाई थियो । सो अवसरमा छात्रवृत्ति विरण समितिका सदस्य कृष्ण प्रसाद सापकोटा, बिद्यार्थीहरु शुशान्त अधिकारी, सरिता ढकाल लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !