
चितवनः बहिरा बिद्यार्थीहरुका लागि जिल्लामा माध्यामिक तहको बिद्यालय नहुँदा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । बिद्यार्थीहरु जिल्ला बारिह लगेर पढाउन समसया भएको अभिभावकहरुले गुनासो गरेका छन् ।
राप्तीन नगरापलिका र भरतपुर महानगरपालिकामा एक एक वटा स्रोत कक्षा भए पनि माध्यामिक तहको पढाई हुने बिद्यालय नहुँदा समस्या भएको उनीहरुले बताएका हुन् । वौद्धिक अपाङ्गता अभिभावक संघ चितवनले आज यहाँ आयोजना गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्ने उनीहरुले यस्तो बताएका हुन । भरतपुर महानगरपालिका वडा नम्बर १० चितवन माध्यामिक बिद्यालय र राप्ती नगरपालिका वडा नम्बर ९ मा रहेको आधारभूत बिद्यालय बजरहट्टीमा अहिले बहिरा बालबालिकाहरु अध्ययन गर्दै आएका छन् । चितवन मावीमा ३० जना र राप्तीमा ६१ जना बालबालिका अध्ययन गर्दै आएका छन् ।
राप्तीमा कक्षा ८ सम्म र चितवन माबिमा कक्षा ७ सम्म मात्रै अध्ययन हुँदा थप शिक्षाका लागि गोरखा, कास्कि, काठमाडौं लगाएतका जिल्लाहरुमा लैजानुपर्ने बाध्यता रहेको चितवन वहिरा संघकी अध्यक्ष विष्णुकुमारी पौडेलले जानकारी दिनुभयो । अध्ययनका लागि जिल्ला बारि लैजाँदा समेत बिद्यालयहरुले भर्ना लिन समेत कठिन मान्ने गरेको उहाँको गुनासो थियो । संघका सदस्य मधुसुदन निउरेले आफ्ना बालबालिकालाई पठनपाठनमा समस्या हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “यही बिद्यालय भईदिए हामीलाई बालबालिका बाहिर पठाउनु पर्ने बाध्यता टर्ने थियो ।”
बौद्धिक अपाङ्गता अभिभावक संघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पनन कार्यक्रममा भरतपुर महानगरपालिकाको सामाजिक बिकास महाशाखाकी प्रमुख शानता कुमारी पौडेल, अपाङ्गता अधिकार संरक्षण मञ्चका अध्यक्ष यम प्रसाद सुवेदी लगाएतले बोल्नुभएको थियो । दोभाषे सिता पौडेले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । सो अबसरमा आधारभूत बिद्यालय बजरहट्टीका ४० जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।