चितवन, २३ जेठ । चरम आर्थिक सङ्कटमा देश गुज्रिरहेकाे बेला सरकारले भ्रष्टाचार गर्ने उच्च पदका नेताहरुकाे फाइल खाेलिरहँदा नागरिकस्तरबाट भ्रष्टहरुलाई कडा सजायँकाे माग गर्दै प्रदर्शन हुन थालेकाे छ । नेपाली नगरिकलाई भुटानी शरणार्थी बनाई माेटाे रकम अशुली गरेकाे भेद खुलेपछि सरकारले उक्त काण्डका दाेशीहरु एक पछि अर्काे गर्द कानुनी दयरामा ल्यउन थालेकाे हाे ।
कानुन सबैलाई लाग्नुपर्छ जस्ताेसुकै पद धारण गरेकाे ब्यक्ति किन नहाेस् दाेशी उम्कनु हुदैन र आरापीलाई पक्रनुपर्ने माग राख्दै स्थानीय नागरिक स्तरबाट बालकुमारी चाेक नारायणगढमा प्रदर्शन भएकाे छ । भ्रष्टाचार गर्ने उम्कन नपाउन् , भ्रष्टाचारीलाई कार्वाही हास् , भ्रष्टचार अन्त्य गराैँ जस्ता नारा लेखिएका प्लेकार्डसहित भ्रष्टाचार निर्मूल पार्नुपर्ने र देशकाे अर्थतन्त्र जाेगाउनुपर्ने माग गर्दै स्थानीय विभिन्न क्षेत्रका ब्यक्तिहरुकाे सहभागितामा माैन प्रदर्शन भएकाे हाे ।
पदकाे दुरपयाेग गरी लाेकतन्त्रकाे आडमा हुने भ्रष्टचारले देश सङ्कटमा परेकाे छ जुनसुकै पद र पार्टीकाे भएपनि भ्रष्टचारीकाे संरक्षण कही कतैबाट हुनुहुँदैन भ्रष्टाचारकाे दलदलबाट देश बचाउन हामी नगरिकस्तरबाट दवाव सृजना गर्ने प्रयास गरेका छाै यतिखेर यस्ता दवाबमूलक कार्यक्रम चाेक चाेकमा हुनु जरुरी छ एक सहभागी अमर प्रधान बताउनुहुन्छ ।
जनस्तरबाट भ्रटाचारीलाई बहिस्कार गर्न सक्नुपर्छ यतिखेर कानुनले अडिगरुपमा काम गर्नुपर्छ भ्रष्टचारी जुनसुकै रङ्ग र ओहदाकाे किन नहाेस सत्य तथ्य छानविन गरि कानुनी कठघरामा ल्यउनु जरुरी छ जसका लागि हाम्राे आवाजलाई सम्बन्धित निकायले सुनाेस् सत्ता र शक्तिकाे आडमा मै सर्वेसर्वा हुँ भनेर गरिएकाे भ्रष्टाचार जाे काेहीलाई पनि कडा भन्दा कडा सजायँ दिनु जरुरी छ भ्रष्टाचारी जाेगाउने खाेज्ने जाे काेही भएपनि हामीले बहिसकार गर्नुपर्छ आजकाे आर्थिक सङ्कट निम्त्यउने मूल जड नै भ्रष्टाचार हाे यसलाई निर्मुल गर्न हामी सडकबाट आवाज बुलन्द गर्दै छाै याे एउटा देशभक्त नागरिककाे कर्तव्य पनि हाे अर्का सहभागी निर्मलकुमार श्रेष्ठ बाउनुहुन्छ । बालकुमारी चाेक नारायणगढस्थित बजार क्षेत्रका स्थानीय व्यवसायी विभिन्न संङ्घ संस्थाका प्रतिनिधिहरुकाेसमेत सहभागिता रहेकाे प्रदर्शनले भ्रष्टाचारीहरुकाे छानविनमा दवाव सृजना गर्ने बताइएकाे छ ।